'उकास' कथामा आञ्चलिकता

Authors

  • बोमबहादुर खड्का सेवानिवृत प्रहरी निरीक्षक

Keywords:

महतोको पगरी, पुरवाको मिटिङ, अधियाँ बटैया, खुनखरावा, गुमास्ता

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख सनत रेग्मीद्वारा लेखिएको ‘उकास’ कथा आञ्चलिकता शीर्षकमा केन्द्रित छ । आञ्चलिकता शब्दको अर्थ अञ्चलसँग सम्बन्धित रहेको हुन्छ । त्यहीँ कथाञ्चलमा देखिएका प्राकृतिक एवं मानव निर्मित मौलिक विशेषतालाई नै आञ्चलिकता भनिन्छ । कुनै निश्चित कथाञ्चलमा आधारित रहेर त्यस भेगमा देखिएका सिद्धान्त, मूल्यमान्यता, वेशभूषा, सभ्यता, भूगोल तथा प्रकृति, सामाजिक सांस्कृतिक स्थिति, आर्थिक स्थिति, शिक्षाको स्थिति, भाषिक स्थिाति, चालचलन, लोकतत्व, राजनीतिक चेतना, चाडपर्व आदि विशेषताको समष्टि रूप नै आञ्चलिकता हो । यस विवेच्य कथाको कथाञ्चल बाँके जिल्लाको रापती नदी पारि दक्षिणी तराई क्षेत्र रहेको छ । कथाञ्चलमा देखिएका रापती मैयाँले छाडेकी नदीको किनारमा रहेको उकास जमिनको भूगोल तथा प्रकृति, रापती नदीले त्यस क्षेत्रका बासिन्दालाई प्रत्येक सालको बर्षातमा दिने सास्ती तथा हैरानी र त्यस भेगमा स्थायी रूपमा बसोबास गर्ने अहिर, धोबी, चमार, महतो, कोरी, दर्जी आदि जस्ता निम्न वर्गीय जातजातिको भाषा, वेशभूषा, निम्न स्तरको आर्थिक स्थिति, शैक्षिक स्थिति रहेको देखिन्छ । त्यसैगरी त्यस क्षेत्रका गरिबलाई शोषण गर्न ठाकुर, पटवारी, मुखिया जस्ता पद निर्माण गरी पुस्त्यौली शोषण गरेको देखिएकाले विवेच्य कथा आञ्चलिक हो भन्ने कुरा स्पष्ट रहेको छ ।

Abstract
248
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

खड्का ब. . (2023). ’उकास’ कथामा आञ्चलिकता. DMC Journal, 8(7), 22-33. https://doi.org/10.3126/dmcj.v8i7.62421

Issue

Section

Articles

How to Cite

खड्का ब. . (2023). ’उकास’ कथामा आञ्चलिकता. DMC Journal, 8(7), 22-33. https://doi.org/10.3126/dmcj.v8i7.62421