‘सहिदको सालिक’ कथाको विषय

Authors

  • तेजविलास अधिकारी उपप्राध्यापक वाल्मिकी, क्याम्पस, काठमाडौँ

Keywords:

मार्क्सवाद, सौन्दर्यबोध, द्वन्द्वात्मक भौतिकवाद, पुनसिर्जन, राज्यव्यवस्था

Abstract

प्रस्तुत लेखमा घनश्याम ढकालद्वारा लेखिएको ‘सहिदको सालिक’ (२०६६) कथासङ्ग्रहभित्र सङ्कलित सहिदको सालिक कथाको विषयस्रोतको खोजी गरिएको छ।मार्क्सवादका दृष्टिमा कथाको मूलस्रोत भनेकै मानव श्रम हो।मानव जातिको उत्थान र विकास श्रम प्रक्रियाबाट भएको हुँदा समाजमा रहेका विषयवस्तु नै कुनै न कुनै रूपले लेखकले टिप्ने गर्दछ।श्रमप्रतिको आकर्षण र समर्पणभावबाट नै सिङ्गो मानवजाति अग्रगामी दिशातर्फ अगाडि बढेको छ।मान्छेको कल्पना शक्तिकै परिणाम स्वरूप पौराणिक कथा, किवदन्ती, आख्यान जस्ता मौलिक साहित्यको सिर्जना भएका छन्।यसैगरी कलासाहित्यको सम्बन्धले आर्थिक सामाजिक क्रियाकलापका साथै समाजमा निरन्तर जारी रहने सङ्घर्षको क्रममा हुने गर्दछ।यसै मान्यतामा रहेर घनश्याम ढकालद्वारा लिखित ‘सहिदको सालिक’ कथाको विश्लेषण गरिएको छ।‘सहिदको सालिक’ कथामा एकातिर जनताको बलमा मन्त्री भएकाहरू जनताको समस्यासँग भागिरहेका छन् भने अर्कोतर्फ समाजमा चेतनाका पुञ्ज बनेका सहिद व्यवस्था परिवर्तन भएपनि व्यवस्थामा परिवर्तन नआएका कारण अपमानित छन्। आस्थाका धरोहर बनेका सहिदप्रति अपमान हुनु भनेको निम्न वर्गको समस्याको समाधान गर्न भनी गएका नेतृत्ववर्ग दायित्वबाट पन्छिनु हो भन्ने अभिव्यक्त विचार यस लेखमा प्रस्तुत छ।यसबाट सत्ताले सर्वसत्ता लाद्ने परिपाटीको अन्त नभएसम्म आस्थाका यात्रीहरू थकाइ मार्न नहुने विषयको गम्भीर बोध भएको छ।यस लेखले विशेषतः समाजभित्रको सोच र सत्ताको सोच बिचको अन्तर देखाउन खोजेको छ।सहिदको सालिक कथा २०६२/०६३ सालको परिवर्तनपश्चात् लेखिएको र गणतन्त्रको प्राप्तिकालमा समेत यस खालको व्यवहार हुनुले हाम्रो चेतना स्तर कस्तो छ ? भन्ने निष्कर्ष लेखले प्रस्तुत गरेको छ।

Abstract
140
PDF
0

Author Biography

तेजविलास अधिकारी, उपप्राध्यापक वाल्मिकी, क्याम्पस, काठमाडौँ

तेजविलास अधिकारी

उपप्राध्यापक

वाल्मिकी, क्याम्पस, काठमाडौँ

Downloads

Published

2024-07-01

How to Cite

अधिकारी त. (2024). ‘सहिदको सालिक’ कथाको विषय. DMC Journal, 9(8), 15-22. https://doi.org/10.3126/dmcj.v9i8.74875

Issue

Section

Articles

How to Cite

अधिकारी त. (2024). ‘सहिदको सालिक’ कथाको विषय. DMC Journal, 9(8), 15-22. https://doi.org/10.3126/dmcj.v9i8.74875