‘परिवर्तन’ कथामा आलोचनात्मक चेत
DOI:
https://doi.org/10.3126/dmcj.v10i9.90573Keywords:
अन्तर्द्वन्द, आलोचना, वर्गीय चेत, विद्रोह, सामाजिक यथार्थAbstract
अञ्जान विरहीको अञ्जान विरहीका कथाहरू (२०५५) कथासङ्ग्रहमा सङ्कलित परिवर्तन आलोचनात्मक चेतले भरिएको कथा हो । यस कथामा २०४६ साल अघिको पञ्चायती व्यवस्था र २०४६ सालपछिको बहुदलीय प्रजातान्त्रिक व्यवस्था नेतृत्व र समाजले भोगेको विशेष अवस्थालाई विषयका रूपमा चयन गरिएको छ । यस कथामा नेपाली राजनीतिले पारेको असरलाई समाज र प्रतिनिधि पात्रहरूसँग जोड्ने काम भएको छ । परिवर्तन कथामा नेपाली समाजको चेतना स्तर, वर्ग दृष्टिकोण र वर्गीय स्वरूपको पाटोमा पर्याप्त बहस गर्न सकिने ठाउँ रहेको छ । यस कथामा रहेको मोटे नेता, साधुराम, शिवे जस्ता पात्रहरू र सानेजस्ता पात्रको मनोदशा र समाजसँगको सम्बन्धलाई देखाइएको छ । कथामा आएका समाज विकासको स्वरूप र नेतृत्व वर्गले आफूलाई जनताभन्दा भिन्न बनाउँदै लगेको विषयलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । विश्लेष्य कथा ‘परिवर्तन’ले समाज विकासको गतिलाई पक्रिन नसके जनताले व्यवस्थाप्रति अपनत्व महसुस नगर्ने विचार अभिव्यक्त छ । कथा विधाको विधागत तत्व भन्दा सामाजिक सचेतता र नेतृत्व जिम्मेवार बन्नु पर्ने विषयलाई आलोचनात्मक कोणबाट बहसको विषय बनाइएको छ ।