कर्णाली क्षेत्रको समृद्धिको आधार कर्णाली राजमार्ग
DOI:
https://doi.org/10.3126/dmcj.v10i9.90590Keywords:
साम्राज्य, आयआर्जन, विकास, प्राकृतिक श्रोत, बाटोAbstract
प्राकृतिक श्रोत, साधन र पर्यटकीय विविधताले सम्पन्न कर्णाली क्षेत्रमा राजमार्गको निर्माण हुन १६ वर्ष लाग्यो । राज्यको मुख्य प्राथमिकतामा लामो समयदेखि कर्णाली क्षेत्र पर्न सकेन । सुन्दर रारा ताल, से फोक्सुन्डो ताल, माथिल्लो डोल्पा, पचाल झरना, खस भाषाको उद्गमस्थल जुम्लाको सिँजा, तातोपानी आदि पर्यटकीय क्षेत्रहरू लामो समयदेखि ओझेलमा परे । कर्णालीको जडीबुटि, ओखर, स्याउ आदिले मूल्य नै पाएनन् जसका कारण हरेक वर्ष कर्णालीमा स्याउ कुहिएका समाचार मुख्य बने । राजमार्ग सञ्चालन पहिले बगैंचामा कुहिएर जाने स्याउ, र जडीबुटि राजमार्ग सञ्चालनपछि यस क्षेत्रको मुख्य आयश्रोत बनेको छ । कर्णाली राजमार्गको विकासपछि कर्णालीको अवस्था र व्यवस्था फेरिएको छ। यस क्षेत्रका बासिन्दाहरुको जीवनस्तर र रहन सहनमा राजमार्ग सञ्चालनले निकै परिवर्तन ल्याएको छ । राजमार्गको विकासले त्यसवरिपरिको पर्यटन क्षेत्रको पनि व्यवसायिक रूपमा विकास हुँदै गएको छ । कर्णाली राजमार्ग सम्वृद्धिको ढोका हो, भन्ने कर्णाली बासीको भनाइलाई राजमार्गको विकासले पुष्टि गरेको छ । यो अध्ययन प्राथमिक तथा बढि द्धितीय स्रोतमा आधारित छ ।