सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्वशैली

Authors

  • Keshar Kumar Rai Diktel Multiple Campus

DOI:

https://doi.org/10.3126/dmcj.v10i9.90606

Keywords:

नेतृत्वशैली, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सामुदायिक विद्यालय, अभिभावक

Abstract

यस लेखको मुख्य उद्देश्य सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्र.अ.) हरूको नेतृत्व शैली पहिचान गर्नु, प्रधानाध्यापकको नेतृत्व शैलीलाई प्रभाव पार्ने तत्वहरु खोजी गर्नु, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नेतृत्व सम्बन्धि समस्या पत्ता लगाउने ति समस्याहरूका समाधानका उपायहरु खोजि गर्नु रहेको छ ।
प्रस्तुत लेख मिश्रित अनुसन्धान ढाँचा प्रयोग गरी तयार पारिएको छ । प्राप्त तथ्याङ्कहरू व्याख्या विश्लेषण र तुलना गरी निष्कर्षमा पुग्ने काम गरिएको छ । अध्ययनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दश वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा दश वटा माध्यमिक विद्यालयका दश जना प्रधानाध्यापकहरू, चालिस जना शिक्षकहरू, पचास जना विद्यार्थीहरू, तीस जना अभिभावकहरू, बीस जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र तीन जना शिक्षा प्रशासकहरु नमूना जनसंख्याको रुपमा लिइएको छ । तथ्याङ्कको स्रोतको रुपमा धेरै जसो प्राथमिक तथ्याङ्क र केही द्बितीय तथ्याङ्क प्रयोग गरिएको छ । विद्यालयहरूमा प्रत्यक्ष अवलोकन साथै शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू, विद्यालय व्यवस्थापन समितिहरू, प्रधानाध्यापकहरू, नगर शिक्षा शाखा प्रमुख, विद्यालय निरीक्षक (वि. नि,.), शिक्षा विकास तथा समन्वय प्रमुखसँगको छलफल र अन्तरक्रिया गरी भराइएका प्रश्नावलीका आधारमा अध्ययन गरिएको छ । यस अध्ययनमा तथ्याङ्क संकलन, बिश्लेषण र प्रस्तुतिकरण गर्ने कार्यमा सहायक स्रोतका रूपमा विभिन्न लेख, रचना, शोधपत्र, शैक्षिक निति नियम एवम् तथ्याङ्कलाई आधार लिइएको छ ।
शिक्षक, विद्यार्थी, अभिभावकहरू, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.)बाट संकलित सूचनाका आधारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विद्यालयहरूका अधिकांश विद्यालयहरूका प्र.अ.हरूको नेतृत्वशैली प्रजातान्त्रिक रहेको देखिएको छ । न्युन केही विद्यालयका प्र.अ.हरूका नेतृत्वशैली स्वतन्त्र र निरङ्कुश रहेको पाइयो । नेतृत्वमा राजनैतिक दलको हस्ताक्षेप, प्र.अ.हरूको असफलताको कारक तत्वको रूपमा रहेको तथा पुनर्ताजगि तालिमको अभाव जस्ता विभिन्न कारणले गर्दा प्र.अ.को नेतृत्वशैली प्रतिफलयुक्त हुन सकेको देखिदैन ।
शिक्षा शाखा प्रमुख, वि.नि. तथा शिक्षा विकास तथा समन्वय इकाईबाट निरीक्षण अनुगमनको अवस्था कमजोर रहेको देखिन्छ । जसका कारण प्र.अ.हरूले स्थलगत रुपमा पृष्ठपोषण लिन सकेको छैन । यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश विद्यालयका प्र.अ.हरूले प्रजातान्त्रिकशैली अबलम्वन गरेका, विद्यालयमा नियमित उपस्थिति हुने गरेका, अभिभावकहरुसँग राम्रो सम्बन्ध रहेको, शिक्षकहरूसँग सहयोगी व्यवहार गरेको पाइयो । विद्यालयको समग्र विकासको लागि शिक्षक, अभिभावक, वि.व्य.स., शिक्षक अभिभावक संघ, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको सहयोगी भूमिका अति आवश्यक रहेता पनि विद्यालयको नेतृत्वकर्ता प्र.अ.चौतर्फी रुपमा सक्षम हुन आवश्यक छ ।
प्रधानाध्यापकले विद्यालयसँग सरोकार राख्ने सबै पक्षको विश्वास जितेर प्रजातान्त्रिक नेतृत्वशैली अबलम्वन गर्नु पर्दछ । सक्षम व्यवस्थापक र प्रशासकको रुपमा प्रधानाध्यापकको नेतृत्व विकास गर्न प्रधानाध्यापकहरूका लागि क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिन आवश्यक देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF (Nepali)
10

Author Biography

Keshar Kumar Rai, Diktel Multiple Campus

Assistant Lecturer

Downloads

Published

2025-12-31

How to Cite

Rai, K. K. (2025). सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्वशैली. DMC Journal, 10(9), 180–193. https://doi.org/10.3126/dmcj.v10i9.90606

Issue

Section

Articles