विद्यालय स्वास्थ्य कार्यक्रमः विद्यालय र समुदाय बिचको अन्तरसम्बन्ध {School Health Programme: Interrelationship between Schools And Community}

Authors

  • भरतबहादुर Bharatbahadur खडका Khadka डोटी बहुमुखी क्याम्पस, सिलगढी, डोटी

DOI:

https://doi.org/10.3126/dmcrj.v4i1.44487

Keywords:

विद्यालय स्वास्थ्य कार्यक्रमः विद्यालय र समुदाय बिचको अन्तरसम्बन्ध, -School Health Service, विद्यालय स्वास्थ्य शिक्षण, विद्यालय स्वास्थ्य पोषण कार्यक्रम, मानसिक स्वास्थ्र्य कार्यक्रम र परामर्श, Healthfull School Environment, Mental Health and Councling, Health Promotion For School Staff, School and Society Interrelationship

Abstract

आजको एक्काइसौँ शताब्दीमा विश्वमा ज्ञान, विज्ञान, सूचना र प्रविधिको विकासमा नयाँ चरणमा प्रवेश गरेको छ । यसले शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, सञ्चार, खेलकुद, शैक्षिक प्र्रशासन लगायतका विविध क्षेत्रमा सकारात्मक उर्जा प्रदान गरेको पाइन्छ । विद्यालय परिवारका सम्पूर्ण सदस्यहरुको स्वास्थ्य संरक्षण, संबद्र्धन प्रबद्र्धन गर्नको लागि विद्यालय स्वास्थ्य कार्यक्रमका (School Health Programme) धेरै महत्व रहेको छ । सबैको लागि स्वास्थ्य र शिक्षा भन्ने लक्ष्य प्राप्तिका लागि विद्यालय स्वास्थ्य कार्यक्रमको ठूलो भूमिका रहेको छ । त्यसैले अहिले विद्यालय स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालय तथा बालमैत्री विद्यालय जस्ता नयाँ अवधारणा मार्फत सञ्चालनको थालनी गरिएको छ । आज आएर विद्यालय स्वास्थ्य कार्यक्रमलाई आठवटा क्षेत्रमा विभाजन गरिएको छ । जस अन्तर्गत विद्यालय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षण, स्वस्थपूर्ण विद्यालय बसाइ, विद्यालय समुदाय सहयोग, विद्यालय स्वास्थ्य पोषण कार्यक्रम, मानसिक स्वास्थ्य कार्यक्रम र परामर्श,  विद्यालयका स्टाफको लागि स्वास्थ्य प्रबद्र्धन र शारीरिक शिक्षा तथा अतिरिक्त क्रियाकलाप पर्दछन । वास्तवमा विद्यालय स्वास्थ्य कार्यक्रमका आँठवटा क्षेत्रलाईृ सही ढंगले प्रभावकारी रुपमा उपयुक्त व्यवस्थापन गर्न विद्यालय परिवार र समाजको अहम भूमिका र उत्तरदायित्व रहेको हुन्छ । तसर्थ विद्यालय र समुदायको आपसी सहयोग, सम्बन्ध र सहकार्य विना विद्यालय स्वास्थ्य कार्यक्रमको उपयुक्त प्रवद्र्धन र व्यवस्थापन हुनसक्ने कुरामा दुईमत छैन । सामान्यतया विद्यालयमा अध्ययनरत बालबालिकाहरु, कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्वास्थ्य संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नाका लागी विद्यालयभित्र, सम्पूर्ण कार्यक्रमहरुलाई विद्यालय स्वास्थ्य कार्यक्रम भनिन्छ । विद्यालय स्वास्थ्य कार्यक्रम सफल ढंगले कार्यान्वयन अपेक्षित उपलब्धि हाँसिल गर्न विद्यालय र समुदाय बिचको सम्बन्ध नङ र मासु जस्तै रहेको छ । यी दुवैले एकअर्काको समृद्धि र प्रगतिको लागि सदैव हातेमालो सहकार्य गर्नुपर्दछ तबमात्र एकअर्काको समस्या हल भई विद्यालय स्वास्थ्य कार्यक्रमको गुरुयोजना सफल ढंगले कार्यान्वयन हुन्छ । बालबालिकाको लागि विद्यालय दोस्रो घर हो । त्यसैले विद्यालयलाई समुदायको सानो समाज (Mini Society)  भनेर भनिन्छ । विद्यालयले समुदायको प्रतिनिधित्व गरी असल व्यक्तिको विकास गर्नेगर्दछ भने समुदायको सहयोग र समर्थनमा मात्र विद्यालयले शैक्षिक प्रगति हाँसिल गरी उत्कृष्ट विद्यालयको रुपमा स्थापित रसमुदायका सम्पूर्ण बालबालिकाको स्वास्थ्य संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्न सामथ्र्यवान हुन्छ । त्यसैले विद्यालय र समुदाय एकअर्काका परिपूरक, अन्तरसम्बन्धित र आत्मनिर्भर पक्ष हुन् ।

Downloads

Download data is not yet available.
Abstract
227
PDF
35

Author Biography

भरतबहादुर Bharatbahadur खडका Khadka, डोटी बहुमुखी क्याम्पस, सिलगढी, डोटी

शिक्षण सहायक

Downloads

Published

2018-12-01

How to Cite

खडका Khadka भ. B. (2018). विद्यालय स्वास्थ्य कार्यक्रमः विद्यालय र समुदाय बिचको अन्तरसम्बन्ध {School Health Programme: Interrelationship between Schools And Community}. DMC Research Journal, 4(1), 113–121. https://doi.org/10.3126/dmcrj.v4i1.44487

Issue

Section

Articles