‘मुस्कान’ गजल सङ्ग्रहभित्रका गजलमा पाइने भावगत प्राप्ति र उपलब्धि "Muskan" Gajal Sanghraha Bhitraka Gajalma Paine Bhagavat Prapti ra Upalabdhi

Authors

  • घनश्याम Ghanshyam दाहाल Dahal पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/dristikon.v9i1.31183

Keywords:

जहर Jahar, गूढार्थ Gudartha, शून्यता Shunyata, बहर Bahar, दिवाना Diwana

Abstract

गजल नेपाली साहित्यको प्राविधिक एवं जटिल संरचना भएको विधा हो । मुस्कान गजल सङ्ग्रह गोर्खे साइँलाको उत्कृष्ट विचार र भावलाई पोखेको गजल हो । मुस्कान गजल सङ्ग्रहभित्रका गजलमा पाइने भावगत सौन्दर्यलाई उजागर गरेर भावगत प्राप्तिलाई मुख्य अभीष्ट बनाइएको छ । समस्या कथन र उद्देश्य निर्धारणमा निर्धारित मुख्य विषयलाई गन्तव्यमा पु¥याउने महइभ्वपूर्र्ण कार्य भएको छ । विशेषतः द्वितीयक स्रोतका सामग्री र पुस्तकालयका कार्यलाई बढी प्राथमिकता दिइएको छ । वर्णनात्मक र विश्लेषणात्मक मुख्य विधिलाई अनुसरण गरी प्रस्तुत लेखलाई सार्थक बनाउने प्रयास भएको छ । गोर्खेका गजलमा भावको परिपाक सहज रूपमा नै मुखरित भएको छ । नारीपुरुषका बीचको स्वभावको आकर्षण शृङ्गारिक भावका रूपमा अभिव्यक्त भएको छ । देशको उन्नति, प्रगति र विकासका देशभक्तिपूर्र्ण भावले पनि गजललाई सार्थक बनाएको छ । समाजमा विद्यमान विकृति र विसङ्गतिले थिचिएको मान्छेको अस्तव्यस्तताप्रति गरेको छेड व्यङ्ग्यभावका रूपमा प्रष्ट भएको छ । दुःख र सुखको महासागर जीवन हो । जीवन सञ्चालनमा हरेक आरोह र अवरोहलाई आत्मसात् गर्नैपर्छ । जीवनका हरेक वास्तविक पक्षलाई उतारेर जीवन भोगाइका तीता मीठा अनुभवलाई पोख्दै जीवन भोगाइका भावलाई पनि यसमा उजागर गर्ने महइभ्वपूर्र्ण प्रयास गरिएको छ । काव्यको आभूषणका रूपमा सौन्दर्य वृद्धि गर्ने आलङ्कारिक भावले पनि यसको प्रभावकारितालाई अर्थपूर्र्ण र औचित्यपूर्र्ण बनाएको छ । अलङ्कारमा देखिने भावले पनि गजलको सौन्दर्य र चमकलाई उत्कर्षमा पु¥याएको परिस्थिति देखिन्छ । यसले भावहरूको प्राप्ति र उपलब्धिलाई आत्मसात् गरेको पाइन्छ । खासगरी मुस्कान गजल सङ्ग्रहभित्रका गजलको भावगत सौन्दर्य र भावगत प्राप्तिलाई देखाउनु नै यसको मुख्य लक्ष्य, योजना र अभीष्ट रहेको कुरा नै यसको मुख्य सार हो ।

Downloads

Download data is not yet available.
Abstract
217
pdf
360

Author Biography

घनश्याम Ghanshyam दाहाल Dahal, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल संस्कृत विश्वविद्यालय Pindeshwar Biddhyapeeth, Dharan, Nepal Sanskrit University

सहप्राध्यापक Associate professor

Downloads

Published

2019-12-31

How to Cite

दाहाल Dahal घ. G. (2019). ‘मुस्कान’ गजल सङ्ग्रहभित्रका गजलमा पाइने भावगत प्राप्ति र उपलब्धि "Muskan" Gajal Sanghraha Bhitraka Gajalma Paine Bhagavat Prapti ra Upalabdhi. Dristikon: A Multidisciplinary Journal, 9(1), 130–145. https://doi.org/10.3126/dristikon.v9i1.31183

Issue

Section

Articles