कवि माधव घिमिरेको राष्ट्रिय झण्डा कवितामा अलङ्कारविधान Kabi Madhav Ghimireko Rastriya Jhanda Kabitama Alankarbidhan

Authors

  • सुभाषचन्द्र Subashchandra न्यौपाने Neupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय nepali Department, Mahendra Bahumukhi Campus, Dharan

Keywords:

अलङ्कार Alankar, काव्यात्मकता Kavyatmakata, सौन्दर्य Saundarya, अलङ्कृत Alankrit, आह्लादकारी Aalhadkari, अर्थगाम्भीर्य Arthagambhiyarya

Abstract

प्रस्तुत अध्ययनमा कवि माधव घिमिरेको ‘राष्ट्रिय झण्डा’ कवितालाई अलङ्कार सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । काव्यसाहित्यको आस्वाद्य तइभ्वका रूपमा अलङ्कार पूर्वीय काव्यसाहित्यमा स्थापित पुरानो काव्यमान्यता हो । कवि घिमिरेको २००४ सालमा लेखिएको र विभिन्न शैक्षिक तहमा पाठ्यक्रममा समाविष्ट ‘राष्ट्रिय झण्डा’ कवितामा पूर्वीय काव्यशास्त्र परम्परामा स्थापित अलङ्कारको प्रयोग के कसरी र कुन रूपमा गरिएको छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । अलङ्कार प्रयोगका कारण यस कवितामा कवि घिमिरेको राष्ट्रभक्ति के कसरी प्रकट हुन सकेको छ भन्ने कुराको विश्लेषण गरी राष्ट्रिय झण्डाकै कारण हामी विश्वभर वीर नेपाली भनेर चिनिन पाएका छौँ, यही झण्डाले गर्दा हाम्रो छाती निर्धक्क भएर फुलेको हुन्छ, यही झण्डाले हिमालको चुचुरोमा सधैँ फर्फराएर हाम्रो आदर्शलाई उच्च बनाइ राखेको छ भन्ने कुरालाई विभिन्न अलङ्कारहरूले अलङ्कृत गरी प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । प्रस्तुत लेखको सामग्री विश्लेषणका क्रममा प्राथमिक सामग्रीका रूपमा कवि माधव घिमिरेको ‘राष्ट्रिय झण्डा’ कवितालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अलङ्कार सिद्धान्तसँग सम्बन्धित सामग्रीहरूको प्रयोग गरिएको छ । कविता विश्लेषणका क्रममा वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी अलङ्कार प्रयोगका कारण ‘राष्ट्रिय झण्डा’ कविता के कस्तो आस्वादनयुक्त, अर्थगम्भीर र कलात्मक बन्न पुगेको छ भन्ने कुरा स्पष्ट पारिएको छ ।

Abstract
341
pdf
0

Author Biography

सुभाषचन्द्र Subashchandra न्यौपाने Neupane, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय nepali Department, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक Deputy Professor

Downloads

Published

2019-12-31

How to Cite

कवि माधव घिमिरेको राष्ट्रिय झण्डा कवितामा अलङ्कारविधान Kabi Madhav Ghimireko Rastriya Jhanda Kabitama Alankarbidhan. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 216-229. https://doi.org/10.3126/dristikon.v9i1.31223

Issue

Section

Articles

How to Cite

कवि माधव घिमिरेको राष्ट्रिय झण्डा कवितामा अलङ्कारविधान Kabi Madhav Ghimireko Rastriya Jhanda Kabitama Alankarbidhan. (2019). Dristikon: A Multidisciplinary Journal, 9(1), 216-229. https://doi.org/10.3126/dristikon.v9i1.31223