बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana

Authors

  • बाबुराम Baburam ओझा Ojha नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय, Nepali Department, Bhojpur Multiple Campus, TU

Keywords:

डायस्पोरा Dayaspora, यान्त्रिकता yantrikata, परिचयहीनता parichayahinata, द्वैतसांस्कृतिकता Dwehetsanskrita, ऐकान्तिकता Ekantikata

Abstract

प्रस्तुत आलेख जया राईद्वारा लिखित बेकर स्ट्रिटका दुई आँखा कथामा रहेको डायस्पोरिक प्रवृत्तिको अध्ययनमाकेन्द्रित छ । डायस्पोरा सबै कारणले परदेश बसाइँ गएर छरिएर बसेका मानिसको पीडाको अनुभूति हो । साहित्यकोडायस्पोरिक अध्ययनले कृतिमा निहित त्यस्तो द्वैतसंस्कृतिले निर्मित मानसिकता र व्यवहारको अध्ययन गर्छ ।विवेच्य कथामा अभिव्यक्त जीवनको अवस्था र यसमा रहेका डायस्पोरिक पक्षको विश्लेषण गर्नु यस आलेखकोमुख्य उद्देश्य रहेको हुनाले विषयलाई त्यहीँ केन्द्रित गरिएको छ । यस लेखको तयारीका लागि सामग्री सङ्कलनकाक्रममा प्राथमिक सामग्रीका रूपमा जया राईलिखित कथालाई लिइएको छ र विषयको सैद्धान्तिक आधार निर्माणकालागि पुस्तकालयबाट द्वितीयक प्रकारका सामग्री लिइएको छ । कथाको डायस्पोरिक अध्ययन गर्दा डायस्पोराकोसामान्यीकृत सिद्धान्तमा आधारित भएको हुनाले सामग्रीको विश्लेषणका क्रममा निगमन विधिको प्रयोग गरिएकोछ । विवेच्य कथालाई डायस्पोराका मूलभूत मान्यताका आधारमा वर्णन र विश्लेषण गर्नु यस अध्ययनको उद्देश्यरहेकाले लेखका रूपमा प्रस्तुतीकरण गर्दा वर्णनात्मक विधि प्रयुक्त छ । डायस्पोरिक कृतिका अतीततर्फको यात्रा,ऐकान्तिकता, परिचयहीनता र यान्त्रिक जीवनको पीडा जस्ता पक्षका आधारमा यहाँ कथाबाट साक्ष्यहरू उद्यृत गरीविषयको तार्किक पुष्टि गरिएको छ । बेकर स्ट्रिटका दुई आँखाकथामा बेलायतको विरानो भूमिमा नेपालीहरूलेभोगेको अप्ठ्यारोको अभिव्यक्ति भएको पाइन्छ । यस कथाले प्रवासमा रहेका नेपालीको सङ्घर्ष, चिन्ता,परिचयहीनता, असन्तुष्टि, तथा द्वैतसांस्कृतिकताको चित्रण गरेको छ । निष्कर्षतः डायस्पोरिक चिन्तनका दृष्टिलेकथा अब्बल ठहरेको छ ।

Abstract
396
pdf
0

Author Biography

बाबुराम Baburam ओझा Ojha, नेपाली विभाग, भोजपुर बहुमुखी क्याम्पस, भोजपुर, त्रिभुवन विश्वविद्यालय, Nepali Department, Bhojpur Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 277-286. https://doi.org/10.3126/dristikon.v10i1.34579

Issue

Section

Articles

How to Cite

बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 277-286. https://doi.org/10.3126/dristikon.v10i1.34579