भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha

Authors

  • दीपकप्रसाद Dipakprasad न्यौपाने Neupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

Keywords:

समीभवन Samibhawan, विषमीभवन Bhishbhawan, अर्थविस्तार Arthabistar, कथ्यीकरण kathyikaran, भाषिक प्रकार्य Bhashik Prakarya, भाषिक स्वीकरण Bhashik Swikaran

Abstract

भाषिक परिवर्तन र नेपाली भाषा शीर्षकको यस लेखमा ऐतिहासिक विकासका सन्दर्भमा नेपाली भाषामा देखापरेकापरिवर्तित विशेषताहरूको विश्लेषण गरिएको छ । भाषा परिवर्तनशील वस्तु हो । समयक्रममा भाषाका विविधपक्षमा नयाँनयाँ प्रवृत्तिहरू देखा पर्दछन् । यस लेखमा नेपाली भाषामा यस किसिमका परिवर्तनशील विशेषताहरूकेकस्ता छन् भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएकोछ । यस अध्ययनमा भाषिक परिवर्तनसँग सम्बन्धित विद्वान् लेखकहरूका ग्रन्थहरू, अनुसन्धानमूलक लेखहरूकासाथै जनबोलीसँग सम्बन्धित तथ्यहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारासामग्रीको विश्लेषण गरिएको यस अध्ययनमा भाषा विकासका सन्दर्भमा नेपाली भाषाका ध्वनि व्यवस्थादेखि लिएरअर्थसम्मका तहमा भएका परिवर्तनको अवस्थालाई विश्लेषण गरिएको छ । यसैगरी यस लेखमा नेपाली इतर अन्यभाषाहरूको प्रभावका साथै स्वयम् नेपाली भाषाकै भाषिकाहरूका प्रभावका कारण नेपाली भाषाका ध्वनि, व्याकरणतथा अर्थका तहसम्म भाषिक परिवर्तन भएको सारवस्तुलाई प्रस्तुत गरिएको छ । नेपालका अन्य भाषाका तुलनामानेपाली भाषा बढी समृद्ध र गतिशील भए पनि आधुनिकीकरणका सन्दर्भमा सरलीकरण तथा कथ्यीकरणतर्फगतिशील हुन यो भाषा परिवर्तित संरचनासहित अगाडि बढिरहेको तथ्यलाई यस अध्ययनमा प्रस्तुत गरिएको छ ।परिवर्तित हुँदै अगाडि बढ्ने सन्दर्भमा यसमा सकारात्मक तथा नकारात्मक दुवै किसिमको अवस्था देखिएको हुँदानेपाली भाषाको विकासमा भाषाविद् तथा वाङ्मयका क्षेत्रमा काम गर्नेहरूले सचेत हुनुपर्ने निष्कर्षलाई यसअध्ययनमा प्रस्तुत गरिएको छ ।

Abstract
1576
pdf
0

Author Biography

दीपकप्रसाद Dipakprasad न्यौपाने Neupane, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक

Downloads

Published

2020-12-31

How to Cite

भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 287-300. https://doi.org/10.3126/dristikon.v10i1.34581

Issue

Section

Articles

How to Cite

भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 287-300. https://doi.org/10.3126/dristikon.v10i1.34581