विश्वामित्र मेनका खण्डकाव्यमा द्वन्द्वविधान 'Bishwamitra Menaka' Khandakavyama Dwandhabidhan

Authors

  • सुभाषचन्द्र Suvashchandra न्यौपाने Neupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

Keywords:

योग yoga, भोग Bhoga, चित्तवृत्ति Chittabritti, मनोविकार manobikar, samyamसंयम, शृङ्गार Sringar, शान्त Shanta, कामवासना Kambasana

Abstract

प्रस्तुत अध्ययनमा कवि घनश्याम कँडेलको विश्वामित्र–मेनका खण्डकाव्यमा प्रयुक्त द्वन्द्वको विश्लेषण गरिएकोछ । वि.सं. २०६६ सालमा प्रकाशित पौराणिक विषयवस्तुमा आधारित विश्वामित्र–मेनका द्वन्द्वविधानका दृष्टिलेमहत्त्वपूर्ण काव्य मानिन्छ । प्रस्तुत खण्डकाव्यमा मानवीय चित्तवृत्तिमा रहेका दुई मूल प्रवृत्ति योग र भोगका बीचद्वन्द्व सिर्जना भएको छ र त्यही द्वन्द्वकै कारण काव्य आस्वादनीय र कलात्मक बन्न पुगेको छ । जीवनको अभिन्नअङ्ग बनेको भोग र जीवनबाट पलायन भई ईश्वरीय आध्यात्मिक चिन्तनमा लाग्ने योगका बीचमा सशक्त द्वन्द्वगराई यी दुवै जीवनमा अभिन्न अङ्ग भएकाले यी दुई मध्ये कुनै पनि एकको त्यागले जीवन पूर्ण बन्न सक्दैन ।जीवनको पूर्णताका लागि र यस संसारको निरन्तरताका लागि योग र भोग दुवैलाई एकसाथ लिएर हिँडेमा मात्रजीवन सार्थक हुन्छ र यसले परिपूर्णता प्राप्त गर्छ भन्ने कुरा प्रस्तुत खण्डकाव्यले अभिव्यक्त गरेको छ । यही द्वन्द्वमारुमल्लिएका पात्रहरूको मनोदशा के कस्तो छ, उनीहरू आन्तरिक र बाह्य द्वन्द्वका रूपमा कसरी तनाबयुक्त बन्नपुगेका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत अध्ययनमा कवि कँडेलको विश्वामित्र–मेनकाखण्डकाव्यलाई प्राथमिक सामग्रीका रूपमा र यस खण्डकाव्यका सन्दर्भमा आएका टीकाटिप्पणी,लेख, भूमिकाआदिलाई द्वितीयक सामगी्रका रूपमा ग्रहण गरिएको छ । सामग्री विश्लेषणका क्रममा पात्रहरूमा रहेको द्वन्द्वात्मकस्थिति र त्यसका माध्यमबाट कविले प्रस्तुत गरेको दर्शन वा उद्देश्यलाई वर्णनात्मक, व्याख्यात्मक रविश्लेषणात्मक विधिको प्रयोग गरी अर्थापन विधिद्वारा यस खण्डकाव्यमा प्रयुक्त सारको निरूपण गरिएको छ l

Abstract
468
pdf
0

Author Biography

सुभाषचन्द्र Suvashchandra न्यौपाने Neupane, नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय Nepali Depart, Mahendra Bahumukhi Campus, Dharan

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

विश्वामित्र मेनका खण्डकाव्यमा द्वन्द्वविधान ’Bishwamitra Menaka’ Khandakavyama Dwandhabidhan. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 350-360. https://doi.org/10.3126/dristikon.v10i1.34597

Issue

Section

Articles

How to Cite

विश्वामित्र मेनका खण्डकाव्यमा द्वन्द्वविधान ’Bishwamitra Menaka’ Khandakavyama Dwandhabidhan. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 350-360. https://doi.org/10.3126/dristikon.v10i1.34597