नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan

Authors

  • यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain नेपाली विभाग, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, त्रिभुवन विश्वविद्यालय Nepali Department, Dhankuta Multiple Campus, Dhankuta, TU

Keywords:

सङ्गति sangati, विशेष्य bishesya, भेदक Bhedak, भेद्य Bhedya, कोटिकर Kotikar, द्विवचन Dwibachan

Abstract

यस लेखमा नेपालमा बोलिने नेपालको मुख्य भाषा नेपाली र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसोवासगर्दै आएका आठपहरिया जातिको आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।सङ्गति व्यवस्था भन्नाले कर्ता र क्रियाबीचको, विशेषण र विशेष्यबीचको, नाम र सर्वनामबीचको, कोटिकर रअन्य शब्दका बिचको तथा क्रियोयोगी र क्रियाबीचको मेललाई बुझिन्छ । हरेक भाषाका आआफ्नै व्यवस्था हुनेभएकाले यी दुई भाषाका बीचमा के कस्तो सङ्गति व्यवस्था रहेको छ भन्ने प्रश्नको समाधान यहाँ खोजिएको छ ।तसर्थ यहाँ उक्त भाषाहरूका बीचमा भएको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरी निचोड प्रस्तुत गर्नु यसलेखको उद्देश्य रहेको छ । यस अध्ययनबाट नेपाली भाषा र आठपहरिया भाषाको तुलनात्मक स्थिति बुझ्न चाहने रनेपाली भाषालाई दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थी तथा तिनका शिक्षकहरूलाई लाभ पुग्न सक्छ । यस लेखमाधनकुटा जिल्लालाई अध्ययनको क्षेत्र बनाइएको छ । प्रश्नावली तथा अन्तर्वार्ताका माध्यमबाट सङ्कलन गरिएकासामग्रीहरूलाई प्राथमिक सामग्री र व्याकरणका पुस्तक, शब्दकोश, पत्रपत्रिका आदिबाट सङ्कलन गरिएकासामग्रीहरूलाई द्वितीय सामग्री मानी तुलनात्मक विधिबाट तिनको प्रस्तुतीकरण गरिएको छ । तथ्याङ्ककोविश्लेषणबाट यी दुवै भाषाबीच केही समानता र केही भिन्नताहरू पाइएका छन् । खासगरी दुवै भाषामा वचनगतसमानतामा साथै समयवाचक क्रियायोगी र क्रियाबीच तथा कोटिकर र अन्य शब्दका बीचको समानताको अवस्थाफेला पार्न सकिन्छ । आठपहरिया भाषामा नेपाली भाषामा जस्तो विशेषण र क्रियापदका लिङ्गभेदक रूपहरू छैनन्अनि नाम, सर्वनाम, विशेषण र क्रियापदका आदरभेदक रूपहरू पनि पाइँदैनन् । तसर्थ लिङ्ग तथा आदरकाआधारमा आठपहरिया भाषामा नेपाली भाषामा जस्तो सङ्गति व्यवस्था पाउन सकिँदैन । फेरि आठपहरिया भाषामाद्विवचनको व्यवस्था भएकोले द्विवचन कर्ता अनुसार क्रिया निर्धारण हुनुका साथै कर्म तथा स्थानवाचक क्रियायोगीलेक्रिया निर्धारण गरी विशेष सङ्गति व्यवस्था कायम गरेको छ । यस्तो व्यवस्था नेपाली भाषामा पाइँदैन ।

Abstract
555
pdf
0

Author Biography

यज्ञप्रसाद Yagyaprasad गुरागाईँ Guragain, नेपाली विभाग, धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, त्रिभुवन विश्वविद्यालय Nepali Department, Dhankuta Multiple Campus, Dhankuta, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2020-12-31

How to Cite

नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 361-371. https://doi.org/10.3126/dristikon.v10i1.34598

Issue

Section

Articles

How to Cite

नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan. (2020). Dristikon: A Multidisciplinary Journal, 10(1), 361-371. https://doi.org/10.3126/dristikon.v10i1.34598