नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी अधिकार तथा कोभिड - १९ महामारी

Authors

  • अमृतकुमार श्रेष्ठ Tribhuvan University, Nepal
  • चक्रराज दाहाल Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v11i1.39160

Keywords:

संविधान, स्वास्थ्यसम्बन्धी हक, कोभिड–१९, महामारी

Abstract

करिब एकसय वर्षपछि पृथ्वीमा अर्को नयाँ महामारीका रूपमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ जसले संसारको सबै क्षेत्र र देशलाई प्रभावित गरेको छ । नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । लाखौं नेपालीहरू कोभिड–१९ बाट सङ्क्रमित भए भने हजारौं नेपालीको यही कारणले दुःखद् निधन समेत हुनपुग्यो । चिकित्सा विज्ञानमा गहिरो अनुसन्धान गरेका र धेरै सफलता प्राप्त गरेका विकसित भनिएका देशहरूलाई समेत कोरोना ठूलो चुनौतीका रूपमा देखापर्यो । अझै पनि यस महामारीका विरूद्ध सारा विश्व मानव समुदाय युद्धस्तरमा लडिरहेको छ । यस महामारीले संसारको जीवनशैली नै परिवर्तन गरिदिएको मात्र होइन जीवन बचाउन नै हम्मेहम्मे पारिरहेको छ । नेपाल जस्तो विकासोन्मूख देशका लागि त यो महामारी सीमित साधनस्रोतको प्रयोगबाट सकेको व्यवस्थापन गर्नु, अरूसँग गुहार माग्नु वा आत्मसमर्पण गर्नुको विकल्प नै छैन । यसै सन्दर्भमा यस लेखमा नेपालको संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी हक र यस महामारीमा यसको कार्यान्वयन विषयमा केन्द्रित रहेर राज्यबाट उपलब्ध गराएको स्वास्थ्य सेवाको विश्लेषण गर्ने प्रयास गरिएको छ । यो लेख संविधान, सरकार र यसअन्तर्गतका निकायले प्रकाशन गरेको सामग्री, विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय निकाय तथा संस्थाहरूले प्रकाशन गरेको तथ्याङ्क, विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीहरूमा आधारित रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
108
PDF
218

Downloads

Published

2021-08-17

How to Cite

श्रेष्ठ अ. ., & दाहाल च. (2021). नेपालको संविधानमा स्वास्थ्यसम्बन्धी अधिकार तथा कोभिड - १९ महामारी. Dristikon: A Multidisciplinary Journal, 11(1), 195–209. https://doi.org/10.3126/dristikon.v11i1.39160

Issue

Section

Articles