भूपि शेरचनको हामी कवितामा संसक्ति व्यवस्था

Authors

  • अनिल अधिकारी Tribhuvan University, Nepal
  • रमेश ओझा Tribhuvan University, Nepal

Keywords:

सङ्कथन, संसक्ति, निदर्शन, प्रतिस्थापन, पुनरावृत्ति, शब्दजोडा, शब्दशृङ्खला

Abstract

प्रस्तुत अध्ययनमा कवि भूपि शेरचनद्वारा लिखित ‘हामी’ कविताको संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनको पूर्णताका लागि सङ्कथन अध्ययनभित्र संसक्ति व्यवस्थालाई सैद्धान्तिक पर्याधारका रूपमा प्रयोग गरिएको छ । मूल समस्या र शोध्यप्रश्नको समाधान गर्न लागि गुणात्मक अनुसन्धान र पाठ विश्लेषण विधिको प्रयोग गरिएको प्रस्तुत अध्ययनमा हामी नेपालीको समकालीन पराधीन सोच र अभिवृत्तिलाई प्रस्तुत गर्ने क्रममा आएका विभिन्न सन्दर्भको संयोजनबाट सुसम्बद्ध पाठसम्बद्ध पक्षको विवेचना गरिएको छ । संसक्ति सङ्कथन अध्ययन अन्तर्गतको पाठविश्लेषण गर्ने प्रतिमान हो भने यसका व्याकरणिक र कोशीय भेद रहेका छन् । संसक्तिले भाषालाई केन्द्रविन्दुमा राखी पाठमा अवशिष्ट परिवेश, सन्दर्भहरूको अन्वयबाट पाठगत सुसम्बद्धताको खोजी गर्दछ । यस अध्ययनमा व्याकरणिक र कोशीय प्रतिमानका आधारमा कविताको विश्लेषण गरिएको छ । समकालीन परिवेशभित्र नेपाली मानसिकतामा स्थापित रहेको पराधीन सोच र अकर्मण्य अभिवृत्तिद्योतक मूलसन्दर्भसँग सम्बन्धित विभिन्न सहायक सन्दर्भको सृजना गरी संसक्ति सम्बद्धता सृजना भएको तथ्यलाई कवितामा प्रयोग भएका व्याकरणिक र कोशीय संसक्तिका रूपमा प्रयोग भएका एकाइले पाठका सन्दर्भ शृङ्खलालाई एकान्वित तुल्याई संरचनागत सुसम्बद्धता सृजना गरी सङ्गठित पाठको निर्माण गरेका छन् भने सङ्कथनभित्र आएका विविध आर्थीसंरचना भएका शब्दशृङ्खलाले कविताका भाव, अर्थ, परिवेश र सन्दर्भलाई एकत्वपूर्ण प्रवाहमा जोडी सुगठित पाठ निर्माण गरेको निष्कर्ष निकालिएको छ ।

Abstract
769
PDF
0

Downloads

Published

2021-08-17

How to Cite

भूपि शेरचनको हामी कवितामा संसक्ति व्यवस्था. (2021). Dristikon: A Multidisciplinary Journal, 11(1), 210-232. https://doi.org/10.3126/dristikon.v11i1.39163

Issue

Section

Articles

How to Cite

भूपि शेरचनको हामी कवितामा संसक्ति व्यवस्था. (2021). Dristikon: A Multidisciplinary Journal, 11(1), 210-232. https://doi.org/10.3126/dristikon.v11i1.39163