नेपाली भाषाका क्रियापदहरूको रूपविश्लेषण

Authors

  • दीपकप्रसाद न्यौपाने Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v11i1.39166

Keywords:

रूप, रूपिम, संरूप, एकाइ, व्यवस्थापन, रूपावली

Abstract

नेपाली भाषाका क्रियापदको संरचनात्मक स्वरूपको विश्लेषणमा केन्द्रित रहेको यस लेखमा नेपाली भाषाका समापिका क्रियामा रहेका रूपहरूको स्वरूप र तिनीहरूको संरचनाको विश्लेषण गरिएको छ । यसमा रूपको विश्लेषणसँग सम्बन्धित विद्वान् लेखकहरूका पुस्तक तथा अनुसन्धानमूलक लेखहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा सोद्देश्य नमुना छनोट विधिको प्रयोग गरी ‘पढ्’ र ‘जा’ धातुबाट काल, पक्ष, भाव, वाच्य तथा निषेधनका आधारमा व्युत्पादन भएका क्रियापदहरूको छनौट गरी ती क्रियामा रहेका रूप तथा संरूपहरूको विश्लेषण गरिएको छ । नेपाली भाषामा व्यक्ति, मुक्त, बद्ध, कोशीय, व्याकरणिक, शून्य, रिक्त, सम्पृक्तलगायतका रूपहरू प्रायः रेखीय ढाँचामा आएर क्रियापदको निर्माण गर्ने भएकाले मुख्य रूपमा एकाइ र व्यवस्थापन पद्धति र केही केही सन्दर्भमा शब्द र रूपावली पद्धतिद्वारा यी क्रियापदमा प्रयुक्त रूपहरूको विश्लेषण गर्न सकिने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
114
PDF
207

Downloads

Published

2021-08-17

How to Cite

न्यौपाने द. . (2021). नेपाली भाषाका क्रियापदहरूको रूपविश्लेषण. Dristikon: A Multidisciplinary Journal, 11(1), 233–248. https://doi.org/10.3126/dristikon.v11i1.39166

Issue

Section

Articles