इस्मालीको बाटो कथामा प्रतिनिधित्व र पहिचान

Authors

  • सीता अधिकारी थापा Tribhuvan University, Nepal

Keywords:

बहुसांस्कृतिकता, प्रतिनिधित्व, विचारधारा, पहिचान, वर्चस्व, वर्गीय चेतना, शक्तिसम्बन्ध

Abstract

प्रस्तुत अध्ययनमा कथाकार इस्मालीद्वारा रचित बाटो कथाको प्रतिनिधित्व तथा पहिचानका आधारमा अध्ययन गरिएको छ । सांस्कृतिक अध्ययनका विविध अवधारणामध्ये यसमा स्टुआर्ट हलको प्रतिनिधित्व र पहिचानसम्बन्धी मान्यतालाई सैद्धान्तिक आधार लिइएको छ । व्यञ्जनामूलक अर्थ बहन गर्ने यस कथामा नेपालको तराई क्षेत्रको भौगोलिक परिवेशको सामाजिक सांस्कृतिक संरचनामा युगौंदेखि एकाधिकार जमाउँदे आएको सामन्ती संस्कृतिको जमिन्दारी प्रथाका अवशेष मालिकहरूले निम्न वर्गका समुदायलाई प्रयोग गरेर आफ्नो प्रभुत्व कायम गर्दै मच्चाउने वितण्डाबाट ग्रसित सामाजिक मनोदशाको सटिक चित्रण छ । परम्परावादी सामाजिक, सामन्तवादी सांस्कृतिक संरचनाका अवयवहरूमा विद्यमान दमनकारी सोच तथा अमानवीय प्रवृत्तिहरू परिवर्तित व्यवस्थामा पनि नेतृत्वका चरित्र र व्यवहारमा पुनरावृत्ति भइरहनु अत्यन्त नकारात्मक पक्ष हो । प्रतिगामी सत्ताशक्तिको आडमा दमनकारी विचारधाराका माध्यमबाट सीमान्तकृत बनाइएका बहुसङ्ख्यक अधीनस्थ समुदायमाथिको उत्पीडनले परिवर्तनकामी प्रतिरोधी चेतनालाई दबाउन नसकिने यथार्थको उद्बोधन यसकथामार्फत प्रकटित भएको छ। यस सन्दर्भमा रचिएको कथामा पुरानो व्यवस्थाको सामन्ती प्रवृत्तिको धङ्धङी र नयाँ व्यवस्थाको सुरूवात्को सङ्क्रमणकालीन परिवेशमा वर्गीय, जातीय, लैङ्गिक प्रतिनिधित्व, प्रभुत्व र विचारधाराको द्वन्द्वको सशक्त प्रस्तुति रहेको छ । प्रतिनिधित्व र पहिचानले विकास गर्ने वर्गीय सङ्घर्षको स्वरूप र चेतनाद्वारा प्रतिरोधको नवीन संज्ञानको निर्माण कसरी गरिएको छ भन्ने कृतिकेन्द्री आधारमा विश्लेषण गर्नु यस सांस्कृतिक अध्ययनको प्रमुख उद्देश्य रहेको छ ।

Abstract
259
PDF
0

Downloads

Published

2021-08-17

How to Cite

इस्मालीको बाटो कथामा प्रतिनिधित्व र पहिचान. (2021). Dristikon: A Multidisciplinary Journal, 11(1), 284-295. https://doi.org/10.3126/dristikon.v11i1.39170

Issue

Section

Articles

How to Cite

इस्मालीको बाटो कथामा प्रतिनिधित्व र पहिचान. (2021). Dristikon: A Multidisciplinary Journal, 11(1), 284-295. https://doi.org/10.3126/dristikon.v11i1.39170