कहाँ थियौ तिमी गजलमा लयव्यवस्था

Authors

  • अनिल अधिकारी Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v13i1.56101

Keywords:

आवृत्ति, समानान्तरता, पङ्क्ति विधान, विचलन, लोप

Abstract

प्रस्तुत लेखमा शिव परियारद्वारा गाइएको कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गरिएको छ । उक्त गजलमा लयविधान मुख्यसमस्या निर्धारण भएको यस लेखको क्षेत्र पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान ढाँचाको उपयोग भएको छ । गजल साङ्गीतिक आरोह–अवरोहसाग गाइने गीति विधा हो भने कविताबाट यसको भिन्नता तीब्र साङ्गीतिक अन्तप्र्रवाह रहने गर्दछ । गजल समान–असमान वर्णव्यवस्थाको पुनरावृत्तिबाट रचना हुने तथा गाइने विधा रहेको विषयलाई यसको संरचनाका क्रममा विशेष ध्यान दिएको देखिन्छ । यस गजलमा ध्वनिहरूको नियमित विन्यासबाट लयको सिर्जना भएको छ । गजलमा प्रयोग भएको ध्वनि संयोजन, ध्वनि र शब्दको उच्चारणमा हुने आरोह अवरोह, निश्चित ठाउँमा दिइने जोड, आघात, अर्धविराम तथा पूर्णविरामको स्थिति आदि लयको सिर्जना गर्ने आधार हुन् । गजलको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधार पनि लय नै हो । यो लेख कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गर्ने सन्दर्भमा केन्द्रित छ । प्रस्तुत लेखमा पङ्क्ति विन्यास, अनुच्छेद योजना आवृत्ति–समानान्तरता, विचलन, लोप र शाब्दिक सहविन्यास गजल विश्लेषण गर्ने आधार बनेर आएका छन् । कहाँ थियौ तिमी गजलमा भाषाको लघुत्तम एकाइ वर्णदेखि शब्द, वाक्यांश र वाक्यको आवृत्तिले लयको साङ्गीतिक प्रवाह सिर्जना गरेको र विचलनका माध्यमले खासखास शब्दमा जोड दिएर विशिष्ट लयको सिर्जना भएको छ । वर्ण र शब्दका तहमा भएको अवृत्ति, समानान्तरताका आधारमा लय निर्माण हुनुका साथै शब्दको संयोजनबाट गजलको भावक्षेत्र पनि रागात्मक, कलात्मक तथा हृदयसंवेद्य रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
35

Downloads

Published

2023-06-28

How to Cite

अधिकारी अ. (2023). कहाँ थियौ तिमी गजलमा लयव्यवस्था. Dristikon: A Multidisciplinary Journal, 13(1), 197–207. https://doi.org/10.3126/dristikon.v13i1.56101

Issue

Section

Articles