भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता

Authors

  • शक्तिराज नेपाल Tribhuvan University, Nepal

Keywords:

भाषा शिक्षण, शिक्षण अभ्यास, सूक्ष्म शिक्षण, सहपाठी शिक्षण, पूर्व स्कूल तथा पश्च स्कुल कार्यक्रम

Abstract

भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता नै यस लेखको शीर्षक हो  ।  भाषा शिक्षणमा भाषाका चारवटै सिपको एकीकृत शिक्षण गरिन्छ । भाषाका सिपको विकास हुनु नै भाषा शिक्षणमा सिकाइ उपलब्धि हो । भाषा शिक्षणको प्रकृति नै प्रयोगात्मक छ । विषयको प्रकृति नै प्रयोगात्मक हुने भएकाले यसमा नीतिगत रूपले नै सैद्धान्तिक तथा प्रयोगात्मक भनी कोर्स वा पाठ्यवस्तु छुट्याइएको हुन्छ  ।  भाषा शिक्षणका सन्दर्भमा शिक्षण अभ्यासको महत्वपूर्ण भूमिका हुन्छ । भाषा शिक्षणको पठनपाठन सैद्धान्तिक प्रकृतिको हुने भएकाले शिक्षण अभ्यासको कार्यक्रम राखी यसलाई थप प्रयोगात्मक र पारदर्शी बनाउन खोजिएको हो ।  शिक्षण अभ्यासले विद्यार्थीलाई पूर्ण शिक्षक बन्ने अभ्यास गर्ने मौका दिन्छ । शिक्षण अभ्यास कार्यक्रममा जम्मा तीन तहका अभ्यासात्मक कार्यक्रमहरू हुन्छन: सूक्ष्म शिक्षण, सहपाठी शिक्षण र स्कुल तथा क्याम्पस वा कलेज शिक्षण  ।  यो कार्यक्रम भनेको शिक्षार्थीका लागि वास्तविक शिक्षक बन्ने तथा अग्र एवं पृष्ठपोषण सङ्कलन गर्ने अभ्यासको कार्यक्रम हो ।  शिक्षकले सानो आकारको विद्यार्थीको कक्षामा कसरी शिक्षण गर्ने, ठुलो आकारको विद्यार्थी सङ्ख्या भएका कक्षामा कसरी शिक्षण गर्ने भन्ने कुराको अभ्यास क्याम्पस वा कलेजमा नै गर्ने गराउने भएकाले यस कार्यक्रमलाई पूर्व स्कुल/क्याम्पस शिक्षण कार्यक्रम र पश्च स्कुल कार्यक्रम गरी दुई चरणमा अभ्यास गराउने गरिएको छ । यसै प्रसङ्गमा यस लेखमा भाषा शिक्षणका सन्दर्भमा सूक्ष्म शिक्षण र सहपाठी शिक्षणको सैद्धान्तिक अर्थ, प्रयोग, महत्त्व, कक्षाकोठाको स्वरूप, तरिका र पद्धतिका बारेमा चर्चा गरिएको छ । पुस्तक कार्यको प्रक्रिया तथा विभिन्न अनुसन्धानात्मक सामग्रीहरूको अध्ययन गरी सैद्धान्तिक ढाँचा निर्माण गरिएको छ । वर्णनात्मक दार्शनिक आधारमा संरचित यस लेखमा गुणात्मक पद्धति तथा पुस्तक पठन विधिलाई अपनाइ सामग्रीको विश्लेषण गरिएको छ । भाषा शिक्षणलाई शैक्षिक क्रियाकलापका रूपले पनि औचित्यपूर्ण बनाउन यस लेखले सहयोग पुर्याउने देखिएको छ । 

Abstract
307
PDF
0

Downloads

Published

2023-06-28

How to Cite

भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता. (2023). Dristikon: A Multidisciplinary Journal, 13(1), 233-250. https://doi.org/10.3126/dristikon.v13i1.56104

Issue

Section

Articles

How to Cite

भाषा शिक्षणमा सूक्ष्म तथा सहपाठी शिक्षणको प्रयोगात्मक ढाँचा, स्वरूप र उपादेयता. (2023). Dristikon: A Multidisciplinary Journal, 13(1), 233-250. https://doi.org/10.3126/dristikon.v13i1.56104