अग्नि महाकाव्यमा जातीय सबाल्टर्न तथा शैक्षणिक उपयोगिता

Authors

  • शक्तिराज Shakti Raj नेपाल Nepal Mahendra Ratna Campus, Tahachal, Tribhuvan University

Keywords:

अभिजात, जाति, पहिचान, प्रतिरोध, सबाल्टर्न

Abstract

प्रस्तुत लेख सबाल्टर्न सिद्धान्तका आधारमा अग्नि महाकाव्यको विश्लेषण गर्ने विषयमा केन्द्रित छ । एन्टोनियो ग्राम्सीबाट अवधारणीकृत तथा रञ्जित गुहा र गायत्री चक्रवर्तीद्वारा प्रतिपादित एवम् वर्णित सबाल्टर्न सिद्धान्तका आधारमा अभिजात र शोषित वर्ग तथा जातिको पहिचान गरी प्रस्तुत लेखमा अग्नि महाकाव्यले प्रस्तुत गरेको दलित जातिको सबाल्टर्न स्थितिलाई केलाइएको छ । अग्नि महाकाव्यमा प्रस्तुत गरिएको दलित जातिको पहिचान, प्रतिनिधित्व र प्रतिरोधको स्थितिलाई समस्याका रूपमा लिई समष्टिगत रूपमा जातीय सबाल्टर्नको संज्ञा दिई विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । गुणात्मक अध्ययन पद्धतिमा आधारित प्रस्तुत लेखमा विषयवस्तु विश्लेषण (Content Analysis) विधिका आधारमा विश्लेषण गरिएको छ । अग्नि महाकाव्यलाई प्राथमिक स्रोतका रूपमा सङ्कलन गरिएको प्रस्तुत लेखमा जातीय सबाल्टर्नभित्र शिक्षाको आधार, कर्मको आधार, परम्पराको आधार, धर्मको आधार, सिपको आधार तथा सम्पत्तिको आधारलाई विश्लेषणको उपकरण बनाइएको छ । उक्त विश्लेषणपश्चात् कामी (विश्वकर्मा) जाति अशिक्षित भएका कारण सबाल्टर्न बनाइएको, सनातन परम्पराका कारण मन्दिरमा कामी जातिलाई भित्र पस्न नदिएको, आरनमा काम गर्ने वा आगोसँग काम गर्ने तथा हतियार उत्पादन गर्ने कर्म गरेका आधारमा कामीलाई सबाल्टर्न बनाइएको, सनातन हिन्दू धर्मको शैलीको प्रभावका कारण कामीलाई घर तथा स्कुलभित्र पस्न नदिएको, उसले छोएको नखाई भुइँमा फ्याँकिदिएको, तथा गरिब भएकै कारण कामी जाति सबाल्टर्न बनेको जस्ता कुराको निष्कर्ष निर्माण भएको छ । दलित जातिको किनारीकृत पक्षलाई मुख्य आधार बनाई सिर्जना गरिएको उक्त अग्नि महाकाव्यले नेपाली समाजको विभेदजन्य स्थितिलाई प्रस्तुत गरेकाले उक्त आधारमा सीमान्तीकृत वर्ग, जाति, पेसा, लिङ्ग तथा समुदायको पहिचान र सामाजिक संरचनाको अध्ययन गर्नका लागि प्रस्तुत लेखको उपयोगिता रहेको छ ।

Abstract
177
PDF
0

Author Biography

शक्तिराज Shakti Raj नेपाल Nepal, Mahendra Ratna Campus, Tahachal, Tribhuvan University

Lecturer, Department of Nepali Education

Downloads

Published

2024-05-24

How to Cite

अग्नि महाकाव्यमा जातीय सबाल्टर्न तथा शैक्षणिक उपयोगिता. (2024). Dristikon: A Multidisciplinary Journal, 14(1), 216-226. https://doi.org/10.3126/dristikon.v14i1.66065

Issue

Section

Articles

How to Cite

अग्नि महाकाव्यमा जातीय सबाल्टर्न तथा शैक्षणिक उपयोगिता. (2024). Dristikon: A Multidisciplinary Journal, 14(1), 216-226. https://doi.org/10.3126/dristikon.v14i1.66065