कुन्ता शर्माका कवितामा पितृसत्तात्मक शासनका विरुद्ध नारी विद्रोह

Authors

  • सुभाषचन्द्र Subhash Chandra न्यौपाने Neupane Mahendra Multiple Campus, Dharan,Tribhuvan University

Keywords:

आत्मसम्मान, नारीवाद, पितृसत्तात्मक शासन, विद्रोह, स्वतन्त्रता

Abstract

प्रस्तुत लेखमा कवि कुन्ता शर्माका फुटकर कविताहरूमा नारीवादी चिन्तनमा आधारित भएर अभिव्यक्त गरिएका पितृसत्तात्मक शासन व्यवस्थाका विरुद्धका चिन्तनका बारेमा विश्लेषण गरिएको छ । नारीवादी चिन्तन राजनीतिबाट साहित्यमा आएको लिङ्ग केन्द्रित अवधारणा हो । पितृसत्तात्मक शासन व्यवस्थाले नारीलाई हेर्ने दृष्टिकोण र नारीहरूले पितृसत्तात्मक व्यवस्थाका विरुद्ध उठाएका आवाजलाई यस वादले जोड दिएको पाइन्छ । कवि कुन्ता शर्माको म उभिएको ठाउँ (२०५२) कविता सङ्ग्रहभित्र समाविष्ट कविताहरूमा पितृसत्तात्मक शासन विरोधी नारीवादी विद्रोही चेतना केकस्तो रूपमा प्रस्तुत भएको छ भन्ने प्राज्ञिक प्रश्नको उत्तरको खोज गर्नु यस लेखको उद्देश्य रहेको छ । शर्माले नारीवादी चिन्तनका विविध आयाम भएका कविताहरूको रचना गरेकी छन् । उनको म उभिएको ठाउँ कविता सङ्ग्रहभित्र समाविष्ट विभिन्न कविताहरूमा पितृसत्तात्मक शासन व्यवस्था विरोधी सघन आवाजहरू प्रस्तुत भएका छन् । प्रस्तुत कविता सङ्ग्रहमा समाविष्ट नारीवादी चिन्तनमा आधारित कविताहरूको नारीवादी विश्लेषणका क्रममा पुस्तकालयीय अध्ययनबाट सामग्रीहरू सङ्कलन गरी नारीवादी चिन्तनका पितृसत्तात्मक शासन व्यवस्था विरुद्धका आवाज, नारीप्रतिको सामाजिक दृष्टिकोण, नारीमाथि हुने शोषण, नारीमुक्तिको चेतना, विद्रोहको अभिव्यक्तिका सैद्धान्तिक पृष्ठभूमिमा आधारित भएर सङ्कलन गरिएका गुणात्मक तथ्यहरूलाई आधार मानेर नारीवादी चिन्तनको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषणात्मक अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ । पाश्चात्य नारीवादी चिन्तनकै दार्शनिक मान्यताबाट अनुप्राणित भएर लेखिएका शर्माका फुटकर कविताहरूमा पितृसत्तात्मक नारी विद्रोहको कुशल प्रयोग गरिएको निष्कर्ष निकालिएको छ ।

Abstract
267
PDF
0

Author Biography

सुभाषचन्द्र Subhash Chandra न्यौपाने Neupane, Mahendra Multiple Campus, Dharan,Tribhuvan University

Lecturer, Department of Nepali

Downloads

Published

2024-05-24

How to Cite

कुन्ता शर्माका कवितामा पितृसत्तात्मक शासनका विरुद्ध नारी विद्रोह. (2024). Dristikon: A Multidisciplinary Journal, 14(1), 238-249. https://doi.org/10.3126/dristikon.v14i1.66073

Issue

Section

Articles

How to Cite

कुन्ता शर्माका कवितामा पितृसत्तात्मक शासनका विरुद्ध नारी विद्रोह. (2024). Dristikon: A Multidisciplinary Journal, 14(1), 238-249. https://doi.org/10.3126/dristikon.v14i1.66073