दुबसु क्षेत्रीका कवितामा विपठन

Authors

  • Anil Adhikari Tribhuvan University, Kathmandu, Nepal

Keywords:

अन्तर्पाठ, अन्तर्पाठीयता, उत्तरपठन, विनिर्माण, विपठन

Abstract

प्रस्तुत लेख कवि दुबसु क्षेत्रीका कवितामा विपठन मूल समस्यासँग सम्बन्धित विषयको विश्लेषणमा केन्द्रित रहेको छ । पुस्तकालयबाट सङ्कलित सामग्रीको उपयोग गरिएको यस लेखमा गुणात्मक अनुसन्धान पद्धति तथा पाठमा प्रस्तुत विषयवस्तुको विश्लेषणमा आधारित विश्लेषणात्मक विधिको उपयोग भएको छ । विनिर्माणिक प्रक्रियाका रूपमा विपठन साहित्यमा अन्तर्पाठीयताका माध्यमबाट कुनै पनि कृति स्वायत्त, सार्वभौम तथा स्वतन्त्र विधात्मक अभिलक्षणयुक्त नभई बहुल सौन्दर्यनिर्मितिमा आधारित हुन्छन् भन्ने अवधारणा हो । कवि क्षेत्रीका कविता पूर्वपाठको पुनर्पठन र उत्तरपठन भई संरचित रहेका छन् । यिनका पूर्वपाठको पुनर्पठन गरी रचना गरिएका कवितामा नेपाली साहित्यका मानवभूगोलमा स्थापित मानवीय विश्वाससँग सम्बन्धित आप्तवाक्यका साथै पूर्वस्थापित साहित्यकारका सिर्जनामा अभिव्यक्त गरिएका विषयलाई जस्ताको तस्तै प्रयोग गरी नयाँ पाठनिर्मितिका लागि अन्तर्वस्तुका रूपमा उपयोग गरिएको छ । पूर्वपाठको उत्तरपठन गरिएका कृतिका विषयवस्तु, कला र भावसौन्दर्यको निर्मितिका लागि पुनर्पठनकै सादृश्य पाठको विपठन गरिएको छ । यस लेखमा विनिर्माणिक प्रक्रियाका रूपमा विपठनसम्बन्धी अवधारणाका आधारमा क्षेत्रीका कविताको विश्लेषण गरी काव्यिक सौन्दर्य निर्मितिका लागि पुनर्पठन र उत्तरपठन गरिएका कृति साहित्यिक रूपमा बहुल सौन्दर्य प्रस्तुत गर्ने पाठमा परिणत भएको विषयमा विमर्श गरिएको छ ।

Abstract
182
PDF
0

Downloads

Published

2025-04-04

How to Cite

दुबसु क्षेत्रीका कवितामा विपठन. (2025). Dristikon: A Multidisciplinary Journal, 15(1), 155-168. https://doi.org/10.3126/dristikon.v15i1.77137

Issue

Section

Articles

How to Cite

दुबसु क्षेत्रीका कवितामा विपठन. (2025). Dristikon: A Multidisciplinary Journal, 15(1), 155-168. https://doi.org/10.3126/dristikon.v15i1.77137