धरणी खण्डकाव्यको काव्यिक मूल्य

Authors

  • Subhash Chandra Neupane Tribhuvan University, Kathmandu, Nepal

Keywords:

कारुणिकता, मानवीय, संवेदना, हार्दिकता, हृदय संवेद्यता, सौन्दर्य

Abstract

प्रस्तुत लेख खण्डकाव्यकार एकु घिमिरेको धरणी खण्डकाव्यको काव्यिक मूल्यको निरुपणमा केन्द्रित रहेको छ । काव्यले वहन गरेको विचारको व्यापकता र सार्वभौमिकताले काव्यको मूल्य निर्धारण हुन्छ । यो खण्डकाव्य शोककाव्य परम्परामा जीवनको यथार्थ घटनालाई आधार बनाएर लेखिएको शास्त्रीय लयमा आधारित रचना हो । यस खण्डकाव्यमा प्रस्तुत मानवीय जीवनका शाश्वत पक्ष मृत्यु र जीवनका बिचको छट्पटाहटमा केही गर्न नसकी विवश मानवीय दशा र आफ्नै कान्छो भाइ धरणी मरिरहँदा केही गर्न नसक्ने दाइहरुको विवशताको कथाले काव्यको मूल्यलाई विशिष्ट तुल्याएको छ । यही धरणी खण्डकाव्यले बोकेको सार्वभौम मूल्यमान्यता र कालजयी विचार केकसरी अभिव्यक्त भएका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत खण्डकाव्यको काव्यिक मूल्यपरक अध्ययनका क्रममा पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन गरिएको छ । काव्यको गरिमा वा प्रतिष्ठा कुन आधारमा निर्धारण हुन्छ भन्ने कुरा पूर्वीय तथा पाश्चात्य काव्यशास्त्रमा निहित विचारकै आधारमा काव्यिक मूल्यको सैद्धान्तिक पृष्ठभूमिमा केन्द्रित रहेर सङ्कलन गरिएका सामग्रीबाट प्रस्तुत लेख तयार पारिएको हो । गुणात्मक तथ्यका आधारमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी प्रस्तुत लेखलाई पूर्णता दिइएको छ । पूर्वीय तथा पाश्चात्य काव्यिक मूल्यका आधारमा मानवीय संवेदनालाई अत्यन्त गरिराइमा पुगेर स्पर्श गर्ने तथा जीवनको शाश्वत पक्ष मृत्युलाई आफ्नै आँखा अगाडि देखेर पनि केही गर्न नसक्ने मानवीय जीवनको दुर्दान्त चित्रणले प्रस्तुत खण्डकाव्य काव्यिक मूल्यका दृष्टिले अत्यन्त उच्च काव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
148
PDF
0

Downloads

Published

2025-04-04

How to Cite

Neupane, S. C. (2025). धरणी खण्डकाव्यको काव्यिक मूल्य. Dristikon: A Multidisciplinary Journal, 15(1), 215-225. https://doi.org/10.3126/dristikon.v15i1.77146

Issue

Section

Articles

How to Cite

Neupane, S. C. (2025). धरणी खण्डकाव्यको काव्यिक मूल्य. Dristikon: A Multidisciplinary Journal, 15(1), 215-225. https://doi.org/10.3126/dristikon.v15i1.77146