चैतन्यबोध निबन्धसङ्ग्रहमा ईश्वरचिन्तन

Authors

  • Ambika Ghimire नेपाली विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/dristikon.v16i1.95162

Keywords:

अस्तित्व, ईश्वरचिन्तन, निर्गुण, परमशक्ति, ब्रह्म, सगुण

Abstract

प्रस्तुत लेख निबन्धकार मानसाग्निद्वारा लिखित चैतन्यबोध (२०८२) निबन्ध सङ्ग्रह ईश्वरचिन्तनको खोजीमा आधारित रहेको छ । उक्त निबन्धसङ्ग्रहमा अठार निबन्धहरुको संगालो रहेको छ , यिनै निबन्धहरुमा गुणात्मक विधिद्वारा पूर्वीय दर्शनका पृष्ठभूमि वेद, ब्रह्मण र आख्यकग्रन्थहरु र पूर्वीय दर्शनका प्रस्तान्त्रयहरु उपनिषद, ब्रह्म –सुत्र र श्रीमद्भागवद्गीताका मान्यताका आधारमा ईश्वरको सगुण वा साकार र निर्गुण वा निराकार रूपको खोजी गरिएको छ । उक्त लेखका लागि पुस्तकालयीय कार्यको माध्यमबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरेर गुणात्मक तथा निगमनात्मक पद्धति अनुसार  विश्लेषण गरिएको छ । प्रस्तृत निबन्धमा ईश्वरसम्बन्धी जिज्ञासाको साकार र निराकाररुपको वर्णन निबन्धहरुका साक्ष्यका आधारमा विश्वब्रह्ममाण्डको सृष्टि गर्ने, पालन गर्ने वा नियन्त्रण गर्ने विनाश गर्ने जुन परमशक्ति छ त्यो नै ईश्वर हो र ईश्वरको साकार रूप ब्रह्ममा, बिष्णु, महेश्वर, देवी,गणेश, कुवेर, हनुमान, आदि देवीदेवताको सत्यम शिवम सुन्दरम् स्वरुप नै साकार रुप हो । परब्रह्म परमेश्वर वेदान्त दर्शनका आधारमा ब्रह्म नै ईश्वर हुन् जसको रुप निराकार, शुन्य स्वरुप निर्गुण निराकार रहेको हुन्छ भन्दै उक्त लेखमा ईश्वर चिन्तनको यिनै दुई स्वरुपको खोजी चैतन्धबोध निबन्धमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
1

Downloads

Published

2026-06-01

How to Cite

Ghimire, A. (2026). चैतन्यबोध निबन्धसङ्ग्रहमा ईश्वरचिन्तन. Dristikon: A Multidisciplinary Journal, 16(1), 153–166. https://doi.org/10.3126/dristikon.v16i1.95162

Issue

Section

Articles