अभिभावकत्व शैली र बालबालिकाको मानसिक स्वास्थ्य

Authors

  • Chetan Khadka Department of Psychology, Mahendra Morang Adarsh Multiple Campus, Biratnagar, TU, Nepal

DOI:

https://doi.org/10.3126/dristikon.v16i1.95163

Keywords:

अभिभावकत्व शैली, अधिकारवादी, सत्तावादी, कोमल, असावधान

Abstract

अभिभावकत्व शैलीले बालबालिकाको मानसिक स्वास्थ्य, भावनात्मक सन्तुलन र व्यक्तित्व विकासमा गहिरो तथा दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण तत्व हो। यस अध्ययनको मुख्य उद्देश्य चार प्रमुख अभिभावकत्व शैली सत्तावादी, कोमल, अधिकारवादी र असावधान ले बालबालिकाको आत्म-सम्मान, चिन्ता, तनाव तथा समग्र मानसिक स्वास्थ्यमा पार्ने प्रभावहरूको विश्लेषण गर्नु हो। अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतहरूबाट सङ्कलित प्राथमिक र द्वितीयक तथ्यांकको समिक्षा विधि प्रयोग गरिएको छ, जसले अभिभावकीय व्यवहार र बालबालिकाको मानसिक अवस्थाबीचको सम्बन्धलाई स्पष्ट पार्दछ। प्राप्त निष्कर्षअनुसार सत्तावादी अभिभावकत्व शैलीमा कडा नियन्त्रण र अनुशासनको उच्च प्रयोगका कारण बालबालिकामा आत्म-सम्मान घट्ने, चिन्ता र तनाव बढ्ने प्रवृत्ति देखिन्छ। त्यसैगरी, असावधान अभिभावकत्व शैलीमा अभिभावकीय संलग्नता र ध्यानको अभावले भावनात्मक असुरक्षा, सामाजिक अलगाव र मानसिक समस्याहरू निम्त्याउने देखिएको छ। कोमल अभिभावकत्व शैलीमा अत्यधिक स्वतन्त्रता र स्नेह पाइए पनि स्पष्ट नियम र सीमाको अभावका कारण व्यवहारिक असन्तुलन, जिम्मेवारीबोधको कमी तथा निर्णय क्षमतामा कमजोरी देखिन सक्छ। यसको विपरीत अधिकारवादी अभिभावकत्व शैली सन्तुलित, संवादमूलक र समर्थनात्मक हुने भएकाले बालबालिकामा आत्म-विश्वास, सामाजिक सीप, भावनात्मक नियन्त्रण र मानसिक स्थिरता विकास गर्न सकारात्मक योगदान पुर्‍याउँछ। निष्कर्षतः, अभिभावकत्व शैलीले बालबालिकाको मानसिक स्वास्थ्यमा निर्णायक भूमिका खेल्ने भएकाले सन्तुलित अनुशासन, प्रभावकारी संवाद र भावनात्मक समर्थनमा आधारित अधिकारवादी दृष्टिकोणलाई प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ, जसले दीर्घकालीन रूपमा स्वस्थ, सक्षम र सामाजिक रूपमा उत्तरदायी व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउँछ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
1

Downloads

Published

2026-06-01

How to Cite

Khadka, C. (2026). अभिभावकत्व शैली र बालबालिकाको मानसिक स्वास्थ्य. Dristikon: A Multidisciplinary Journal, 16(1), 167–183. https://doi.org/10.3126/dristikon.v16i1.95163

Issue

Section

Articles