किडी जियाले कर्नालीमा हाम फालिन् कथामा अभिघात

Authors

  • Subhash Chandra Neupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, त्रिभुवन विश्वविद्यालय, नेपाल

DOI:

https://doi.org/10.3126/dristikon.v16i1.95165

Keywords:

अत्यास, छट्पटाहट, निरीहता, भय, सन्त्रास

Abstract

प्रस्तुत अध्ययनमा कथाकार महेशविक्रम शाहको 'किडी जियाले कर्नालीमा हाम फालिन्' कथालाई अभिघातीय चेतनाका आधारमा विश्लेषण गरिएको छ । अभिघात जीवनमा पीडाबाट उत्पन्न घातको अवस्था हो जसलाई युद्धजन्य मानसिक पीडा र सन्त्रासको चरम स्थितिका रूपमा लिइन्छ । कथाकार शाहको २०६३ सालमा प्रकाशित र त्यसै सालको मदन पुरस्कार प्राप्त गर्न सफल कृति छापामारको छोरो कथासङ्ग्रहमा सङ्कलित 'किडी जियाले कर्नालीमा हाम फालिन्' कथामा युद्धजन्य मानसिक आघात र जीवनका अन्य कठिन परिस्थितिहरूबाट किडि जियामा केकस्तो मानसिक अभिघात सिर्जना भएको थियो र त्यही मानसिक अभिघातीय पीडाका कारण किडी जिया किन कर्नालीमा हाल फाल्न विवश भइन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेखको सामग्री सङ्कलनका क्रममा प्राथमिक सामग्रीका रूपमा कथाकार महेशविक्रम शाहको 'किडी जिया कर्नालीमा हाम फालिन्' कथालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा अभिघात सिद्धान्तसँग सम्बन्धित अनुसन्धानमूलक लेख, पुस्तक तथा शोधप्रबन्धहरूलाई लिइएको छ । सामग्री विश्लेषणका क्रममा विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोगका साथै सूक्ष्मपठन विधिको समेत प्रयोग गरी प्रस्तुत कथाका पात्रहरू कसरी अभिघातीय पीडा सहेर अभिशप्त जीवन बाँच्न विवश छन् र जीवनबाट विरक्त भएर अभिघातीय पीडाकै कारण आत्महत्या गर्न बाध्य छन् भन्ने कुरालाई समस्याकथनका रूपमा उठाई सोही प्राज्ञिक प्रश्नको समाधान गर्ने उद्देश्यले प्रस्तुत कथाको अभिघातीय विश्लेषण गरिएको छ ।  यही अभिघातीय पीडाले जुम्लाको संसार मरुभूमि भएका कारण प्रस्तुत कथा पूर्ण अभिघातीय चेतनाले भरिएको कथा हो भन्ने निष्कर्ष प्रस्तुत लेखको विश्लेषणबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Neupane, S. C. (2026). किडी जियाले कर्नालीमा हाम फालिन् कथामा अभिघात. Dristikon: A Multidisciplinary Journal, 16(1), 194–204. https://doi.org/10.3126/dristikon.v16i1.95165

Issue

Section

Articles