@article{न्यौपाने_2021, title={नेपाली भाषाका क्रियापदहरूको रूपविश्लेषण}, volume={11}, url={https://www.nepjol.info/index.php/dristikon/article/view/39166}, DOI={10.3126/dristikon.v11i1.39166}, abstractNote={<p>नेपाली भाषाका क्रियापदको संरचनात्मक स्वरूपको विश्लेषणमा केन्द्रित रहेको यस लेखमा नेपाली भाषाका समापिका क्रियामा रहेका रूपहरूको स्वरूप र तिनीहरूको संरचनाको विश्लेषण गरिएको छ । यसमा रूपको विश्लेषणसँग सम्बन्धित विद्वान् लेखकहरूका पुस्तक तथा अनुसन्धानमूलक लेखहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको यस लेखमा सोद्देश्य नमुना छनोट विधिको प्रयोग गरी ‘पढ्’ र ‘जा’ धातुबाट काल, पक्ष, भाव, वाच्य तथा निषेधनका आधारमा व्युत्पादन भएका क्रियापदहरूको छनौट गरी ती क्रियामा रहेका रूप तथा संरूपहरूको विश्लेषण गरिएको छ । नेपाली भाषामा व्यक्ति, मुक्त, बद्ध, कोशीय, व्याकरणिक, शून्य, रिक्त, सम्पृक्तलगायतका रूपहरू प्रायः रेखीय ढाँचामा आएर क्रियापदको निर्माण गर्ने भएकाले मुख्य रूपमा एकाइ र व्यवस्थापन पद्धति र केही केही सन्दर्भमा शब्द र रूपावली पद्धतिद्वारा यी क्रियापदमा प्रयुक्त रूपहरूको विश्लेषण गर्न सकिने निष्कर्षलाई यस लेखमा प्रस्तुत गरिएको छ । <br><br></p>}, number={1}, journal={Dristikon: A Multidisciplinary Journal}, author={न्यौपाने दीपकप्रसाद}, year={2021}, month={Aug.}, pages={233–248} }