TY - JOUR AU - खनाल Khanal, खेमराज Khemraj PY - 2019/12/31 Y2 - 2024/03/28 TI - नेपाली र संस्कृत भाषामा सम्प्रदान कारक Nepali ra Sanskrit Bhashama Sampradan Karak JF - Dristikon: A Multidisciplinary Journal JA - Dristikon VL - 9 IS - 1 SE - Articles DO - 10.3126/dristikon.v9i1.31185 UR - https://www.nepjol.info/index.php/dristikon/article/view/31185 SP - 163-175 AB - <p>कारकको उद्भव संस्कृत व्याकरणबाटै भएको हो । नेपाली भाषा अपभ्रंश हुँदै संस्कृत भाषाबाट जन्मेकाले यस भाषामा संस्कृत भाषाको प्रभाव रहनु स्वाभाविक देखिन्छ । संस्कृत भाषा र व्याकरण अत्यन्त समृद्ध रहेको छ । यसको राम्रो खोज, अनुसन्धान भइसकेको छैन, जो जरुरी छ । संस्कृत वाङ्मयमा त्यस्ता रहस्यमय कुराहरू प्रशस्त छन्, जसको अनुसन्धानबाट नयाँ ज्ञानधारा बहाउन सकिन्छ । सम्प्रदान कारक त्यस्तै एउटा सानो विषय हो । क्रियाको उद्देश्य बनेको पद नै सम्प्रदान कारक हो । नेपाली वैयाकरणहरूले संस्कृत वैयाकरणहरूले झैं कारकका विषयमा प्रशस्त खोज, अनुसन्धान गरेका छैनन् । विशेष गरेर संस्कृतमा आचार्य पाणिनि र भर्तृहरिले सम्प्रदान कारकको राम्रो चर्चा गरेका छन् । वैयाकरण पाणिनि संस्कृत व्याकरणका प्रामाणिक विद्वान् हुन् । उनको ‘कर्मणा यमभिप्रैति स सम्प्रदानम्’ (पा.सू. १।४।३२) यो सूत्र संस्कृत र नेपाली सम्प्रदान कारकको मूल स्रोत हो । यसको स्वस्वत्वनिवृत्तिपूर्वक दान र दाधातुको अर्थ उपलक्षणमात्र हो भन्ने विद्वान्हरूबिच विवाद देखिएको छ । अरू वैयाकरणहरू उनकै छत्रछायामा विकसित भएका छन् । आचार्य भर्तृहरिले ‘वाक्यपदीयम्’ नामक ग्रन्थमा सम्प्रदान कारकको चर्चापरिचर्चा गरेका छन् । उनको सम्प्रदानको विभाजन केही मौलिक छ । उनले अनिराकारक, प्रेरक र अनुमतिप्राप्त गरेर तिनवटा सम्प्रदानको वर्णन गरेका छन् । यो वर्गीकरण सम्प्रदान कारकको क्रियाशीलता वा अवस्थाका आधारमा भएको देखिन्छ । आचार्य पाणिनिले एघारवटा सम्प्रदानको चर्चा गरेका छन् । क्रिया र कारकको सम्बन्धका आधारमा उनले यस्तो वर्गीकरण गरेको पाइन्छ । जसअनुसार दानकर्मक, क्रियासम्प्रदान, रुच्यर्थक, ज्ञीप्स्यमान, धारणार्थक, ईप्सार्थक, ईष्र्यार्थक, पर्यालोचनार्थक, प्रतिज्ञा सम्प्रदान, प्रोत्साहन सम्प्रदान र करण सम्प्रदान रहेका छन् । आचार्य भर्तृहरिले संस्कृत व्याकरणमा गरेको सम्प्रदानको वर्गीकरणका प्रभावमा नेपाली भाषाको सम्प्रदान कारकलाई पनि विभाजन गर्न सकिन्छ । यस आधारमा नेपाली भाषामा मौलिकतासहित सात प्रकारका सम्प्रदानहरू रहेका छन् । ती यस प्रकार छन् इच्छुक, नैराश्य, दायित्व, निवेद्य, परावर्तक, दण्ड्य र कर्तव्य । यसरी यस लेखमा संस्कृत र नेपाली भाषाका सम्प्रदानहरूको खोज, अध्ययन र वर्गीकरण गरिएको छ ।</p> ER -