तत्वगत आधारमा लक्ष्मीप्रसाद देवकोटाको 'भिखारी’ कविताको अध्ययन {A study of Lakshmi Prasad Devkota's poem 'Bikhari' on the basis of elements}

Authors

  • नरेन्द्र सिह Narendra Singh धामी Dhami सानोठिमी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/ej.v2i2.61876

Keywords:

सहानुभूति, भावनात्मक, विषमता, मानवतावादी, समतामूलक, शोषण, सूकोमल

Abstract

प्रस्तुत आलेख महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘भिखारी’ कविताको विश्लेषणसँग सम्बन्धित रहेको छ । यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘भिखारी’ कविताको विश्लेषण गरिएको छ । यस लेखको उद्देश्य ‘भिखारी’ कवितालाई कविताका तत्वहरु शीर्षक, विषयवस्तु, केन्द्रीय कथ्य, संरचना, भावविधान, लयविधान, विम्बालङ्कार र प्रतिक तथा भाषाशैलीका आधारमा विश्लेषण गर्नु रहेको छ । वस्तुतः भिखारी कविताको विश्लेषणमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ भने सामग्रीहरुलाई पुस्तकालयीय विधिका माध्यमबाट संकलन गरिएको छ । यस कविताको विश्लेषण गर्दा आवश्यक प्रतिमानहरु निर्माण गरिएको छ । प्रस्तुत आलेखमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकोबहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उनका साहित्यिक कृतिको संक्षिप्त जानकारी गरिएको छ । देवकोटाको काव्यगत प्रवृत्तिको चर्चा गर्दै उनको बहुचर्चित ‘भिखारी’ कविताको अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा र भिखारी कविता सम्बद्ध सरोकारवाला सबैलाई अपेक्षित सहयोग मिल्ने विश्वास लिएको छु ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
16

Downloads

Published

2023-11-01

How to Cite

धामी Dhami न. स. N. S. (2023). तत्वगत आधारमा लक्ष्मीप्रसाद देवकोटाको ’भिखारी’ कविताको अध्ययन {A study of Lakshmi Prasad Devkota’s poem ’Bikhari’ on the basis of elements}. Educational Journal, 2(2), 155–161. https://doi.org/10.3126/ej.v2i2.61876

Issue

Section

Articles