भाषा सिकाइ क्षमतामा विद्यालय प्रकृति प्रभाव {Effects of school nature on language learning ability}

Authors

  • महेश प्रसाद Mahesh Prasad भट्ट Bhatta सानोठिमी क्याम्पस, भक्तपुर
  • कृष्ण प्रसाद Krishna Prasad पोखरेल Pokhrel सानोठिमी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/ej.v2i2.61902

Keywords:

भाषा सिकाइ, विद्यालय प्रकृति, सिकाइ सक्षमता, भाषापाठ्यक्रम, तुलनात्मक अध्ययन

Abstract

भाषाको बोध तथा अभिव्यक्ति क्षमतामा पाइने दक्षताको स्तर नै भाषा सिकाइ उपलब्धि हो । यसको मापनका निम्ति पाठ्यक्रमले तोकेका मापदण्डको अनुप्रयोग गरिन्छ । भाषा सिकाइका विविध प्रभावकमध्ये विद्यालय प्रकृतिलाई पनि महत्वपूर्ण प्रभावक मानिन्छ । प्रस्तुत लेखमा भाषासिकाइ क्षमतामा विद्यालय प्रकृतिको प्रभाव पहिचान गरिएको छ । यसमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धिमा विद्यालय प्रकृतिले पार्ने प्रभावको तुलना गरिएको छ । यसको उद्देश्य विद्यालय प्रकृतिका आधारमा विद्यार्थीको भाषा सिकाइ उपलब्धि क्षमताको तुलना गर्नु रहेको छ । प्रस्तुत लेख परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित छ । यसमा बहुक्रमिक नमुना छनोट विधिको उपयोग गरिएको छ । यस लेखमा स्थलीय अध्ययन विधिको अनुप्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमा विद्यार्थीहरूको भाषा सिकाइ क्षमता परीक्षणका लागि जम्मा १६ पूर्णाङ्कको प्रश्नावली तयार पारी परीक्षण गरिएको छ । यस अध्ययनबाट संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको तथ्य प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
71
PDF
28

Downloads

Published

2023-11-01

How to Cite

भट्ट Bhatta म. प. M. P., & पोखरेल Pokhrel क. प. K. P. (2023). भाषा सिकाइ क्षमतामा विद्यालय प्रकृति प्रभाव {Effects of school nature on language learning ability}. Educational Journal, 2(2), 180–188. https://doi.org/10.3126/ej.v2i2.61902

Issue

Section

Articles