डडेल्धुरेली भाषामा अजन्तुवाचक स्त्रीलिङ्ग {Inanimate Feminine Gender in in the Dadeldhuri Language}

Authors

DOI:

https://doi.org/10.3126/ej.v5i1.95854

Keywords:

स्त्रीलिङ्ग{Feminine gender}, अजन्तुवाचक {inanimate}, छाँच {pattern}, औजार { tools}, लिङ्गभेद {gender distinction}

Abstract

भाषाले मानव समुदायको पहिचान गराउँछ । भाषा विचार विनिमयको माध्यम हो । यसले संस्कृति र संस्कार बोकेको हुन्छ । संसारभरी छरिएर रहेका मानिसहरूको पहिचान उनीहरूले अपनाएको भाषा, संस्कृति, संस्कार, रहनसहन र भेषभूषाले गराएको हुन्छ । यस लेखमा गुणात्मक अनुसन्धानका आधारमा स्थलगत अवस्था अध्ययन विधिको प्रयोग गरिएको छ । अनुसन्धानकर्ताद्वारा अध्ययन क्षेत्रको प्रत्यक्ष अवलोकन, स्थानीय समुदायसँग भेटघाट, संवाद, अन्तर्वार्ता र सोधपुछ जस्ता तरिकाबाट सामग्री सङ्कलन गरी डडेल्धुरेली भाषामा रहेका अजन्तुवाचक शब्दमा स्त्रीलिङ्गको प्रयोग देखाउन खोजिएको छ । भागेश्‍वर गाउँपालिकाको ३,४,५ र अजयमेरू गाउँपालिकाको १, २, ३ र ४ गरी जम्मा ७ वडामा केन्द्रीत भइ त्यहाँका विभिन्न उमेर, लिङ्ग, वर्ग, समुदाय, पेशा, जाती आदिका वक्ताका माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । यसका साथै विभिन्न लेख, रचना, पुस्तक, कोश आदिलाई पनि सामग्रीको रुपमा प्रयोग गरिएको छ । यो अध्ययन डडेल्धुरेली भाषामा रहेका स्त्रीलिङ्गि शब्द पहिचान गरी तिनीहरूको विश्लेषण गर्नमा केन्द्रित रहेको छ । यस अध्ययनमा लुगा, चाडपर्व, रीतिरिवाज, खानेकुरा, शरीरका अङ्ग, औजार, तरल पदार्थ र गरगहना आदिलाई बुझाउने शब्दमा लिङ्गभेद देखाइएको छ । यस्तो लिङ्गभेद कुनै शब्दमा स्त्रीलिङ्गी मात्रै हुन्छ, कुनै शब्दमा पुलिङ्गी मात्रै हुन्छ भने कुनै शब्दमा स्त्रीलिङ्गी र पुलिङ्गी दुवै हुनेगरेको छ ।

{Language serves as an identifier of human communities. It is a medium of communication and carries culture and traditions. The identity of people scattered across the world is reflected through the language, culture, customs, lifestyle, and attire they adopt. This article employs a qualitative research approach using the field-based case study method. Data were collected through direct observation of the study area, meetings and interactions with local communities, conversations, interviews, and inquiries conducted by the researcher. The study seeks to demonstrate the use of feminine gender in inanimate nouns in the Dadeldhuri language.The research was concentrated in a total of seven wards: Wards 3, 4, and 5 of Bhageshwar Rural Municipality and Wards 1, 2, 3, and 4 of Ajayameru Rural Municipality. Data were gathered from speakers of different ages, genders, social classes, communities, occupations, and castes. In addition, various articles, literary works, books, and dictionaries were used as secondary sources of information.

The study focuses on identifying and analyzing feminine-gender nouns in the Dadeldhuri language. It reveals gender distinctions in words denoting clothing, festivals, customs and traditions, food items, body parts, tools, liquids, and ornaments. Such gender distinctions vary: some words occur only in the feminine form, some only in the masculine form, while others have both feminine and masculine counterparts.}

Downloads

Download data is not yet available.
Abstract
6
pdf
1

Author Biography

Mohan Prasad Bhatta, त्रिभुवन बिश्वबिद्यालय शिक्षा शास्त्र संकाय

उपप्राध्यापक, नेपाली शिक्षा विभाग 

Downloads

Published

2026-06-16

How to Cite

Bhatta, M. P. (2026). डडेल्धुरेली भाषामा अजन्तुवाचक स्त्रीलिङ्ग {Inanimate Feminine Gender in in the Dadeldhuri Language}. Educational Journal, 5(1), 162–170. https://doi.org/10.3126/ej.v5i1.95854

Issue

Section

Articles