गुणात्मक अनुसन्धानमा वैद्यता सुनिश्चित गर्ने मापदण्डहरूको समीक्षात्मक विश्लेषण {Critical Analysis of Criteria for Ensuring Validity in Qualitative Research}
DOI:
https://doi.org/10.3126/ej.v5i1.95856Keywords:
विश्वासयोग्यता{credibility}, स्थानान्तरणयोग्यता {transferability}, निर्भरता{dependability}, पुष्टि–योग्यता { confirmability}, आगमन {induction}, निगमन{deduction}Abstract
गुणात्मक अनुसन्धानले मानव जीवनका जीवन्त भोगाइ, अनुभव, धारणा, व्यवहार, र दृष्टिकोणका जटिल पक्षहरूको अध्ययन गर्छ । यसका साथै यसले अध्ययनको सन्दर्भ र सूक्ष्म पक्षहरूको गहिरो खोजमा पनि जोड दिन्छ । तर गुणात्मक अनुसन्धानमा व्यक्तिपरकता र स्रोतको सीमितता जस्ता थुप्रै सीमाहरू भने हुन्छन् । तसर्थ गुणात्मक अनुसन्धानको अनुसन्धान विधि, प्रक्रिया र निष्कर्षहरूमा विश्वासयोग्यता, स्थानान्तरणयोग्यता, निर्भरता र पुष्टि–योग्यता जस्ता गुणहरू समावेश हुन अति जरूरी हुन्छ । यी गुणहरू स्थापित गर्नका लागि विभिन्न रणनीतिहरू जस्तै त्रिकोणीकरण, अस्वीकृत प्रमाण, अनुसन्धानकर्ताको आत्म–चिन्तन, सदस्य जाँच, क्षेत्रमा लामो समयसम्मको सङ्लग्नता, सहकार्य, लेखापरीक्षणको प्रक्रिया, विस्तृत विवरण, र सहकर्मी समीक्षा अपनाउने गरेको पाइन्छ । यी मापदण्डहरूले गुणात्मक अनुसन्धान प्रक्रियाको भरोशायोग्यता, विश्वसनीय, वैद्यता र पारदर्शिता सुनिश्चित गर्छ । यस अध्ययनको मूख्य उद्देश्य गुणात्मक अनुसन्धानको वैद्यताका प्रमुख मापदण्डहरूको सैद्धान्तिक र विधिगत स्वरूपलाई विश्लेषण गर्नु हो । तसर्थ यो अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित दस्तावेज विश्लेषण ढाँचामा आधारित छ । उद्देश्यमूलक नमूना छनोटका आधारमा चारवटा कृतिहरू छनोट गरी ती कृतिहरूमा उल्लेखित विषयवस्तुहरूका आधारमा गुणात्मक अनुसन्धानमा वैद्यता सुनिश्चित गर्ने विभिन्न मापदण्डहरूको विश्लेषण गरिएको छ । यस अध्ययनमा आगमनात्मक र निगमनात्मक दुवै विधिलाई एकिकृत रूपमा प्रयोग गरिएको छ । आगमनात्मक चरणमा तथ्याङ्क सङ्कलन गर्ने, त्यसको सङ्रचना तथा बनावटको गहन अध्ययन गर्ने र अन्त्यमा सिद्धान्त वा अवधारणा विकास गर्ने कार्य गरिएको थियो । यसैगरी निगनात्मक चरणमा पूर्व निर्धारित सिद्धान्तका आधारमा विकसित सङ्केत, वर्ग, विषय निर्माण गरी अन्त्यमा निष्र्कषमा पुग्ने कार्य गरिएको थियो । यस अध्यययनले के निष्कर्ष निकालेको छ भने गुणात्मक अनुसन्धानको गुणस्तर सुनिश्चित गर्ने मुख्य मापदण्डहरूमा विश्वासयोग्यता, स्थानान्तरणयोग्यता, निर्भरता र पुष्टि–योग्यता हुन र यी आधार स्थापना गर्न अपनाइने विभिन्न रणनीतिहरू गुणात्मक अनुसन्धानका लागि अति आवश्यक छन् ।
{Qualitative research investigates the complex dimensions of human life, including lived experiences, perceptions, behaviors, attitudes, and viewpoints. It also emphasizes an in-depth exploration of the context and subtle aspects of the phenomena under study. However, qualitative research has several limitations, such as subjectivity and limited sources of evidence. Therefore, it is essential that qualitative research methods, procedures, and findings incorporate qualities such as credibility, transferability, dependability, and confirmability. To establish these qualities, researchers employ various strategies, including triangulation, negative evidence analysis, researcher reflexivity, member checking, prolonged engagement in the field, collaboration, auditing procedures, thick description, and peer review. These criteria help ensure the trustworthiness, reliability, validity, and transparency of the qualitative research process.
The primary objective of this study is to analyze the theoretical and methodological nature of the major criteria used to ensure validity in qualitative research. Accordingly, the study is based on a document analysis framework within the qualitative research paradigm. Using purposive sampling, four scholarly works were selected, and the criteria for ensuring validity in qualitative research were analyzed based on the contents presented in those works.Both inductive and deductive approaches were integrated in this study. During the inductive phase, data were collected, their structure and patterns were examined in depth, and theories or concepts were subsequently developed. Similarly, during the deductive phase, codes, categories, and themes were constructed based on pre-established theories, leading ultimately to the formulation of conclusions.The study concludes that the principal criteria for ensuring quality in qualitative research are credibility, transferability, dependability, and confirmability. Furthermore, the various strategies employed to establish these criteria are indispensable for conducting rigorous and trustworthy qualitative research.}