नेपाली भाषा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग {Use of Information and Communication Technology in Nepali Language Teaching}

Authors

  • Sujan Sodari त्रिभुवन विश्वबिध्यालय, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर https://orcid.org/0009-0005-6154-3011

DOI:

https://doi.org/10.3126/ej.v5i1.95864

Keywords:

सूचना तथा सञ्चार प्रविधि { Information and Communication Technology}, नेपाली भाषा शिक्षण{ Nepali Language Teaching}, सामुदायिक विद्यालय { Community Schools}, डिजिटल सामग्री{ Digital Materials}, शैक्षिक चुनौती{ Educational Challenges}

Abstract

प्रस्तुत अध्ययन भक्तपुर जिल्लाका सामुदायिक विद्यालयहरूमा नेपाली भाषा शिक्षणका क्रममा सूचना तथा सञ्चार प्रविधि -आईसीटी) को प्रयोगको वर्तमान अवस्था र यस प्रक्रियामा शिक्षकहरूले भोग्नुपरेका चुनौतीहरूको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनका लागि गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत उद्देश्यमूलक नमुना छनोट विधिद्वारा १० जना नेपाली भाषा शिक्षकहरूलाई सहभागी बनाइएको थियो । तथ्याङ्क सङ्कलनका लागि अर्ध–संरचित अन्तर्वार्तालाई मुख्य उपकरणका रूपमा प्रयोग गरी प्राप्त तथ्यहरूको विषयवस्तुगत विश्लेषण गरिएको छ । अध्ययनको नतिजाले नेपाली भाषा शिक्षणमा विशेष गरी कविता, कथा र व्याकरण जस्ता साहित्यिक एवम् भाषिक पक्षहरूको व्याख्याका लागि मोबाइल एप्लिकेसन, युट्युब र मल्टिमिडिया प्रोजेक्टरको प्रयोग प्रभावकारी रूपमा भइरहेको देखाएको छ । प्रविधिको प्रयोगले परम्परागत शिक्षक केन्द्रित कक्षालाई सिकारु केन्द्रित वातावराणमा रूपान्तरण गर्न र विद्यार्थीको सिकाइ उत्प्रेरणा जगाउन महŒवपूर्ण भूमिका खेलेको पाइएको छ । अध्ययनको मुख्य निष्कर्षका रूपमा विद्यालयहरूमा प्रविधिको प्रयोग संस्थागत पद्धति वा लगानीभन्दा बढी शिक्षकको व्यक्तिगत इच्छाशक्ति र निजी स्रोतमा निर्भर रहेको देखिएको छ । ६० प्रतिशत शिक्षकले प्रविधिलाई नियमित रूपमा प्रयोग गर्न नसक्नुको पछाडि कार्यबोझ, विद्युत् कटौती, कमजोर इन्टरनेट र नेपाली पाठ्यक्रम अनुकूल गुणस्तरीय डिजिटल सामग्रीको चरम अभाव मुख्य जिम्मेवार रहेको कुरा व्यक्त गरेका छन् । समग्रमा नेपाली भाषा शिक्षणलाई आधुनिक र प्रविधिमैत्री बनाउन भौतिक पूर्वाधारको सुनिश्चितता, स्थानीय सन्दर्भ सुहाउँदो सामग्रीको विकास र शिक्षकहरूको निरन्तर पेसागत विकासमा जोड दिनुपर्ने आवश्यकतालाई यस अध्ययनले औँल्याएको छ ।
{The present study focuses on analyzing the current status of the use of Information and Communication Technology (ICT) in teaching the Nepali language in community schools of Bhaktapur district and the challenges faced by teachers in this process. For this study, ten Nepali language teachers were selected as participants through purposive sampling under a qualitative research approach. Semi-structured interviews were used as the primary tool for data collection, and the collected data were analyzed thematically. The findings reveal that mobile applications, YouTube, and multimedia projectors are being effectively used in Nepali language teaching, particularly for explaining literary and linguistic aspects such as poetry, stories, and grammar. The use of technology has played a significant role in transforming traditional teacher-centered classrooms into learner-centered environments and in enhancing students’ motivation to learn.

A major conclusion of the study is that the use of technology in schools depends more on teachers’ personal commitment and private resources than on institutional systems or investment. Sixty percent of the teachers reported that heavy workloads, power outages, poor internet connectivity, and the severe lack of quality digital materials aligned with the Nepali curriculum are the main reasons preventing the regular use of technology in teaching.Overall, the study highlights the need to ensure adequate physical infrastructure, develop locally relevant digital materials, and promote the continuous professional development of teachers in order to make Nepali language teaching more modern and technology-friendly.}

Downloads

Download data is not yet available.
Abstract
12
pdf
4

Author Biography

Sujan Sodari, त्रिभुवन विश्वबिध्यालय, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर

शिक्षण सहायक, नेपाली शिक्षा विभाग 

Downloads

Published

2026-06-16

How to Cite

Sodari, S. (2026). नेपाली भाषा शिक्षणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग {Use of Information and Communication Technology in Nepali Language Teaching}. Educational Journal, 5(1), 189–196. https://doi.org/10.3126/ej.v5i1.95864

Issue

Section

Articles