‘एकान्त’ कथामा रस

Authors

  • Padam Singh Badal दार्चुला बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/exploration.v4i1.88863

Keywords:

निर्वेद, रसउपकरण, रससिद्धान्त, रसास्वादन, सहृदय, साधारणीकरण

Abstract

यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न हुने पीडा, संवेदना र सामाजिक यथार्थलाई चित्रण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित रससिद्धान्तका आधारमा विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावलाई कथामा कसरी प्रयोग गरिएको छ भन्ने पक्ष प्रष्ट पारिएको छ । गुणात्मक अनुसन्धान पद्धतिमा आधारित यो लेखमा प्राथमिक स्रोतका रूपमा एकान्त कथा र द्वितीयक स्रोतका रूपमा रससिद्धान्तसम्बन्धी कृतिहरूको प्रयोग गरिएको छ । कथामा मर्दै गरेको छोरा, उसका पिता र माता क्रमशः विषयालम्बन र आश्रयालम्बन विभावका रूपमा प्रस्तुत भएका छन् भने सहानुभूतियुक्त छिमेकीहरू र तिनका शब्दहरू तथा विलापमय वातावरण उद्दीपन विभाव हुन् । पात्रहरूको अश्रुपात, आत्तिने, मौनता र रुवाइ जस्ता शारीरिक चेष्टाहरू अनुभाव हुन् । दैन्य, निर्वेद, ग्लानी, हतोत्साह, जस्ता सञ्चारी भावहरूले शोक स्थायी भावलाई सुदृढ बनाएका छन् । यी सबै उपकरणहरूको संयोजनबाट सहृदय पाठकमा करुण रसको निष्पत्ति हुन्छ । पात्रको निजी पीडा पाठकको सामूहिक संवेदनामा रूपान्तरण हुने प्रक्रिया (रस साधारणीकरण) पनि कथामा सशक्त रूपमा देखा परेको छ । यसरी एकान्त कथाले विभाव, अनुभाव, सञ्चारी भाव र स्थायी भावको सन्तुलित प्रयोगबाट करुण रसको गहिरो अभिव्यञ्जना गरेको छ । कथा केवल पात्रको दुःखको वर्णन होइन, मानवीय संवेदनाको सार्वभौमिक अभिव्यक्ति बनेको छ जसले पाठकको मनमा करुण, सहानुभूति र आत्मपरकता जगाउन सफल भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biography

Padam Singh Badal, दार्चुला बहुमुखी क्याम्पस, सुदूरपश्चिम विश्वविद्यालय

सहायक प्राध्यापक

Published

2026-01-04

How to Cite

Badal, P. S. (2026). ‘एकान्त’ कथामा रस. Exploration अन्वेषण, 4(1), 161–170. https://doi.org/10.3126/exploration.v4i1.88863

Issue

Section

Articles