राष्ट्रिय विकासको बाटो प्रजातान्त्रिक समाजवाद
DOI:
https://doi.org/10.3126/fsmrj.v1i1.87178Keywords:
समानता, स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकार, औद्योगिक समुदाय, ग्रामीण सभ्यता, विकेन्द्रीकरणAbstract
यस लेखमा प्रजातान्त्रिक समाजवादलाई नेपालको विकासको प्रमुख मार्गका रूपमा प्रस्तुत गरिएको छ । प्रजातान्त्रिक समाजवाद पूँजीवादलाई पूर्ण अस्वीकार नगरी नियन्त्रण, सुधार र मानवमुखी बनाउने वैचारिक दृष्टिकोण हो जसले समानता, सामाजिक न्याय र समृद्धि हासिल गर्न शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक माध्यमलाई प्राथमिकता दिन्छ । यसले क्रमिक सुधारद्वारा लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायलाई समन्वय गर्ने नीति अङ्गीकार गर्दछ । बी. पी. कोइरालाले प्रजातान्त्रिक समाजवादलाई नेपालको विशेष सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भअनुसार पुनःपरिभाषित गर्दै लोकतन्त्रबिनाको समाजवाद अधिनायकवादी हुने संकेतसमेत गर्नुभएको छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा समग्र विकासका लागि राष्ट्रिय एकता, लोकतान्त्रिक शासन प्रणाली, मानवशक्ति व्यवस्थापन, समाजको आधुनिकीकरण, नयाँ आर्थिक संरचना, राष्ट्रप्रतिको समर्पण र जनसहभागिता आवश्यक पूर्वशर्तको रूपमा मानिएको छ । साथै, औद्योगिक विकासका लागि स्रोतको प्रभावकारी उपयोग, सहकारी खेती, श्रमको सशक्तीकरण, पूँजी निर्माण, प्रविधि हस्तान्तरण, सामाजिक पूँजीको विकास र स्थानीय नेतृत्वको भूमिकालाई विशेष महŒव दिइएको छ । समृद्ध नेपाल निर्माणका लागि विकासलाई केवल भौतिक संरचनासम्म सीमित नगरी सामाजिक न्याय, समानता, सहभागिता र मानवीय मूल्यसँग जोडिनुपर्ने निष्कर्षसहितको सामाजिक–आर्थिक– राजनीतिक सिद्धान्त प्रस्तुत गरिएको छ ।