नेपाली काङ्ग्रेसको युवा तथा रोजगारी नीति
DOI:
https://doi.org/10.3126/fsmrj.v1i1.87232Keywords:
युवा बेरोजगारी, प्राविधिक तथा व्यावसायिक शिक्षा, Scarring Effect, NEET rate, मिसन रोजगारी, आर्थिक सुदृढीकरण, सामाजिक सुरक्षा, नेपाली काङ्ग्रेस नीतिAbstract
यस अध्ययनले नेपालमा युवा रोजगारीको अवस्था र नेपाली काङ्ग्रेसको नीतिलाई बहु आयामिक दृष्टिकोणबाट विश्लेषण गर्दछ । नेपालको युवा बेरोजगारी केवल आर्थिक चुनौतीमात्र नभई सामाजिक स्थायित्व, राजनीतिक स्थिरता र दीर्घकालीन विकासको मेरुदण्डमा प्रत्यक्ष प्रभाव पार्ने मुद्दा हो । बेरोजगारीको समस्या केवल आयआर्जनसँगमात्र सम्बन्धित नभई युवाको जीवनमा गरिमा र आर्थिक उन्नतिको अभावसँग पनि गाँसिएको छ जसले मानिसको आत्मविश्वास, सामाजिक तथा आर्थिक सहभागिता र दीर्घकालीन जीवनस्तरमा प्रत्यक्ष असर पार्छ । नेपाली काङ्ग्रेसले यस समस्यालाई समाधान गर्न मानव संसाधनको गुस्तर वृद्धि, शिक्षा प्रणाली सुधारसँगै प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) बिस्तार, नयाँ रोजगारीका अवसर सिर्जना र आर्थिक क्षेत्रको सुदृढीकरणमार्फत व्यावसायिक वातावरणमा सुधार, अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा क्षमता वृद्धि, वैदेशिक रोजगारीको अवस्थामा सुधार र सामाजिक सुरक्षा तथा जोखिम व्यवस्थापनलाई आधार स्तम्भका रूपमा प्रस्तुत गरेको छ । यस अनुसन्धानमा गुणात्मक सामग्री विश्लेषण विधि प्रयोग गरिएको छ, जसअन्तर्गत पार्टीको नीति, घोषणापत्र, सरकारी तथ्याङ्क, विभिन्न संघ संस्थाका अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासहरूको तुलनात्मक समीक्षा गरिएको छ । नेपाली काङ्ग्रेसले रोजगारी केन्द्रित ‘मिसन रोजगारी’ अभियान सञ्चालन गरेको छ । पार्टीको नीति संरचना दीर्घकालीन दृष्टिले व्यापक र संरचित छ तर यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्यदिशा, बजेट प्राथमिकता, सङ्घीय–प्रदेश–स्थानीय सरकारबिचको मजबुत समन्वय र निजी क्षेत्र तथा नागरिक समाजको सक्रिय सहकार्य अपरिहार्य देखिन्छ । नीतिले युवालाई घरेलु तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी, आत्मनिर्भर र उत्पादनशील बनाउँदै, रोजगारीसँगै सामाजिक सम्मान र आर्थिक समुन्नति सुनिश्चित गर्ने एकीकृत मोडेल प्रस्ताव गरेको छ । यसले स्वरोजगार प्रवद्र्धन, नवप्रवर्तन प्रोत्साहन र श्रम बजारको गुणस्तरीय सुधारमार्फत समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउन सक्ने सम्भावना राख्छ । यसरी, नीति सफलतापूर्वक कार्यान्वयन भएमा नेपालले युवा बेरोजगारी दर घटाउँदै दिगो र सम्मानपूर्ण आर्थिक समुन्नति हासिल गर्न सक्नेछ ।