नेपाली काङ्ग्रेस पार्टीमा दलित समुदायको प्रतिनिधित्व (१४ औं महाधिबेशनको केन्द्रीय तह एक अध्ययन)
DOI:
https://doi.org/10.3126/fsmrj.v1i1.87234Keywords:
समानुपातिक, समावेशी, लोकतन्त्र, समाजवाद, दलितAbstract
नेपालको जनगणना २०७८ अनुसार दलितको जनसङ्ख्या १३.८ प्रतिशत छ । नेपाली काङ्ग्रेस पार्टी प्रजातन्त्रमा विश्वास गर्ने भएकोले उक्त पार्टीले दलित समुदायको प्रतिनिधित्व कसरी गर्दैआएको छ भन्ने कुरा पत्ता लगाउन । राज्यबाट बलपूर्वक पछाडि पारिएका लाखौं दलित समुदायलाई राज्यको मूल प्रवाहमा समाहित गरी देश विकास कसरी गर्न सकिन्छ भन्ने उद्देश्य राखिएको छ । आजको २१ औं शताव्दीमा नेपालमा मानिस मानिसकाबिच जातीय आधारमा विभेद र छुवाछूत विद्यमान भएकोले पार्टीले कसरी दलित समुदाय माथि गरिएकोे विभेद हटाउन कस्तो नीति लिएको छ । पार्टीमा स्थापनादेखि हालसम्म भएको दलित समुदायको प्रतिनिधित्वलाई दलित समुदायले कसरी लिएको छ । पार्टीमा दलित समुदायको प्रतिनिधित्वको एक अध्ययन सामग्री तयार हुनेछ । पार्टीको आदर्श, नीति र सिद्धान्तबमोजिम पार्टीमा दलित समुदायको प्रतिनिधित्वको अध्ययन हुनेछ । पार्टीमा दलित समुदायको प्रतिनिधित्वले उक्त समुदायको आत्म सम्मान, सामाजिक प्रतिष्ठा र राज्यको समग्र विकासमा कस्तो प्रभाव छ भन्ने जानकारी हुने । पार्टीमा दलित समुदायको प्रतिनिधित्वले उक्त समुदायका व्यक्तिहरूमा पारेको प्रभावबारे जानकारी हुने । पार्टीलाई दलितमैत्री बनाउन के गर्नुपर्दछ भन्नेबारे महत्वपूर्ण निष्कर्ष निस्कने छ ।