मधेसमा नेपाली काङ्ग्रेस

Authors

  • Bijaya Prasad Mishra इतिहास केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/fsmrj.v1i1.87265

Keywords:

अन्धाधुन्द, निरंकुशता, झ्यालखाना, आत्मसमर्पण र समावेशीता

Abstract

नेपाली काङ्ग्रेसले आन्दोलनको सुरुवात मधेसबाट गरेको थियो । मधेसमा नेपाली काङ्ग्रेसले पार्टीको महाधिवेशनदेखि सशस्त्र भूमिगत आन्दोलन र सत्याग्रह गरेका छन् । राणा राजा र पञ्चायतको विरुद्धमा नेपाली काङ्ग्रेसले गरेका आन्दोलनको पलपलमा मधेस र मधेसीको साथ सहयोग रहदै आएको छ । मधेसको योगदानलाई कदर गर्दै रामनारायण मिश्र, परशुनारायण चौधरी, महेन्द्र नारायण निधी, डा. रामबरण यादवलाई काङ्ग्रेसले महामन्त्रीसम्म बनाएको थियो । विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य भएका मधेसमूलकाहरूमा विजयकुमार गच्छदार, विमलेन्द्र निधी, महन्थ ठाकुर, चित्रलेखा यादव र सीतादेवी यादव, सूर्यनाथ दास यादव, राधाकृष्ण थारु र देवनाथदास यादव, शेख इद्रिसलगायतको नाम आउँछ । पछिल्लो समय नेपाली काङ्ग्रेसले आफ्नो विधानमा समावेशीको अवधारणा ल्याएपछि मधेसीमूल र थारुहरूबाट तोकिएकै सङ्ख्यामा केन्द्रीय सदस्यहरू भएका थिए । नेपाली काङ्ग्रेसले नेपालमा प्रजातन्त्र ल्याउनका लागि वि.सं. २००७ साल, वि.सं. २०१८ साल र वि.सं. २०३१ सालमा गरेको सशस्त्र आन्दोलनमा सहभागी भएर मधेसमूलका धेरैले शहादत प्राप्त गरेका थिए । राणाशासनविरुद्ध गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुल मिलमा सञ्चालन भएको मजदुर आन्दोलनलाई हौसला दिन आएका भारतीय नागरिक कुलदीप झा शहीद भएदेखि मधेसमूलका मानिसहरूले बलिदानी दिन सुरु गरेका थिए । राजा महेन्द्रलाई जनकपुरमा बम हानेका दुर्गानन्द झालाई २०२० माघ १५ गते फाँसी दिएका थिए । नेपाली काङ्ग्रेसले आह्वान गरेको जुनसुकै आन्दोलनमा मधेसमूलकाहरू सहभागी भएर सशादत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेसका लागि मधेसबाट धेरै शहीद भए । नेपाली काङ्ग्रेसलेसमेत मधेसीमूलका नेतालाई सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रथम राष्ट्रपतिसमेत बनाएको छ तर पनि मधेसका नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूले मधेसले गरेको योगदानका आधारमा अवसरहरू नपाएको बताइरहेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Author Biography

Bijaya Prasad Mishra, इतिहास केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर

सहप्राध्यापक

Published

2025-12-11

How to Cite

Mishra, B. P. (2025). मधेसमा नेपाली काङ्ग्रेस. Four Star Multidisciplinary Research Journal, 1(1), 109–126. https://doi.org/10.3126/fsmrj.v1i1.87265

Issue

Section

Articles