आज र भोलिको शिक्षामा विपीको सान्दर्भिकता
DOI:
https://doi.org/10.3126/fsmrj.v1i1.87272Keywords:
निर्वाचन घोषणापत्र, पुस्तान्तरण तथा आधुनिक प्रविधिAbstract
यो लेखमा चतुर्काेणी विश्लेषण छ । पहिलो कोणमा विपी कोइरालाले शिक्षामा के सोचे भन्ने कुराको चर्चा छ । दोश्रो कोणमा उनैको राजनीतिक दल नेपाली काङ्ग्रेसले निर्वाचन घोषणापत्रमा के लेख्यो भन्ने बारेमा विश्लेषण छ । तेस्रो कोणमा नेपाली काङ्ग्रेसले जितेको पालिकामा शिक्षामा के के काम भयो भन्ने कुराको जानकारी छ । चौथो कोणमा परिवेश, पुस्तान्तरण तथा आधुनिक प्रविधिले ल्याएको परिवर्तनमा विपीको शिक्षालाई कसरी मिलाएर लाने भन्ने कुराको लेखाजोखा गरिएको छ ।