नेपाली काङ्ग्रेसको संस्कृति र पर्यटन नीति

Authors

  • Som Prasad Khatiwada

DOI:

https://doi.org/10.3126/fsmrj.v1i1.87319

Keywords:

सम्पदा, मूर्त, अमूर्त, पुस्तान्तरण, परम्परा

Abstract

संस्कृति मानव समुदायसँग सम्बन्धित छ, जुन अज्ञात पुर्खाले सिर्जना गरेको हुन्छ । संस्कृति मानिसको समस्त आनीवानी, चालचलन, व्यवहार र क्रियाकलाप हो, जुन समाजको नागरिकको हैसियतले पाच्य रूपमा प्रदर्शन गरिन्छ । संस्कृतिलाई सम्पदा पनि भनिन्छ । यो भौतिक र अभौतिक तथा मूर्त र अमूर्त दुई प्रकारको हुन्छ । भौतिक या मूर्त संस्कृति भवन, मन्दिर, दरबार, मूर्ति, चित्र, कलावस्तु आदिका रूपमा रहन्छन् । अभौतिक या अमूर्त संस्कृति चाहिं मानिसका आनीवानी, भावना, चाहना, चाडपर्व, संस्कार, रितिरिवाज, शोच र धारणाका रूपमा रहेका हुन्छन् । यी दुवै प्रकारका संस्कृतिले कुनै पनि समुदायका पहिचान, जीविका र आध्यात्मिक शान्तिको कार्य गर्दछन् । विगतमा पुर्खाहरूले आप्mना विविध प्रकारका आवश्यकता परिपूर्तिका लागि संस्कृतिको विकास गरे, जुन जीविका, आध्यात्मिक र भौतिक चाहनाको परिपूर्तिका माध्यम थिए । हाल मानिसका आवश्यकताहरूमा व्यापक रूपमा परिवर्तन भए पनि पुन संस्कृतिलाई जीविकाको माध्यम बनाउन लागिएको छ । संस्कृतिलाई जीविकाको रूपमा पर्यटनले सहयोग गर्दछ । नेपाल संस्कृतिका दृष्टिले अति सम्पन्न छ र यसका माध्यमबाट विकास भएको पर्यटन सांस्कृतिक पर्यटन हो तर हालसम्म पनि यसको अपेक्षाकृत रूपमा विकास गर्न सकिएको छैन । नेपाली संस्कृतिलाई पर्यटनसँग समन्वय गरी विकास गरिएको खण्डमा यहाँको पर्यटन विकास दिगो रूपमा हुने, संस्कृतिको संरक्षण हुने तथा रोजगारीको माध्यम बन्ने पनि निश्चित छ । यसले नेपालजस्तो विकासोन्मुख मुलुकको आर्थिक विकास रोजगार र आयआर्जनमा पनि सहयोग पुग्ने देखिन्छ तर यो काम चुनौतिपूर्ण पनि छ । यसका लागि उचित प्रकारका नीतिनियम बन्न, पूर्वाधार विकास हुन र सम्पदाको संरक्षण गर्न पनि त्यति नै आवश्यक छ । जुनसुकै दलले पनि देश विकासका निश्चित नीति लिएका हुन्छन्, जुन नीतिको व्यवस्था तिनका विधानमा गरिएको हुन्छ भने चुनावी घोषणापत्रमा पनि त्यसको व्यवस्था गरिन्छ । नेपाली काङ्ग्रेसले पनि देशमा संस्कृति जोगाउने तथा पर्यटन विकासका लागि उचित नीतिनिर्माण गर्ने कार्यलाई आप्mनो विधानमा नै प्राथमिकतामा राखेको देखिन्छ । नेपाली काङ्ग्रेसले नेपालको संस्कृति र पर्यटन नीतिका आधारमा नै यससम्बन्धी नीति बनाएको देखिन्छ । नेपाली काङ्ग्रेसको विधान २०१७ र चुनाव घोषणापत्र २०७९ मा नेपालमा संस्कृतिको संरक्षण गर्ने, अनुसन्धान गर्ने र पर्यटनको विकास गर्न उचित नियम बनाउने कुरा उल्लेख गरिएको देखिन्छ । त्यसमा संस्कृतिलाई पर्यटन विकासको अधार मानिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-11

How to Cite

Khatiwada, S. P. (2025). नेपाली काङ्ग्रेसको संस्कृति र पर्यटन नीति. Four Star Multidisciplinary Research Journal, 1(1), 175–186. https://doi.org/10.3126/fsmrj.v1i1.87319

Issue

Section

Articles