सुकरातको डायरी उपन्यासमा विधामिश्रण
DOI:
https://doi.org/10.3126/fwr.v2i2.79942Keywords:
उत्तरआधुनिकतावाद, विनिर्माणवाद, विधाभञ्जन, विधाविघटन, Uttaradhunikatavad, Binirmanvad, Bidhavanjan, BidhabighatanAbstract
प्रस्तुत अध्ययनपत्रमा उपन्यासकार गोविन्दराज भट्टराईद्वारा प्रणीत सुकरातको डायरी उपन्यासमा विधामिश्रणको अध्ययन गरिएको छ ।नेपाली साहित्यका फाँटमा उत्तर आधुनिकतालाई स्थापित गर्न अहोरात्र लागिरहेका भट्टराईका पछिल्ला आख्यानात्मक कृतिहरू पनि उत्तरआधुनिकतावादकै आलोकमा संरचित छन् । उत्तरआधुनिकतावादका अनेकौँ विशेषताहरू छन् र त्यसमध्ये विद्यामिश्रणको अवधारणा पनि एक हो । यो अवधारणा सैद्धान्तिक रूपमा विनिर्माणवादी दर्शनमा आधारित छ ।यस अध्ययनमा सुकरातको डायरी उपन्यासमा विधामिश्रणको स्थिति केकस्तो छ भन्ने कुराको खोजी गर्ने काम भएको छ ।प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको भएको हुनाले अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री पुस्तकालय कार्यबाठ नै सङ्कलन गरिएको छ र शोध्य प्रश्नको समाधानार्थ विधामिश्रण र त्यसको सैद्धान्तिक आधारका रूपमा रहेको विनिर्माणवाद अनि यी सबैको छाता सिद्धान्त उत्तरआधुनिकतावादलाई सैद्धान्तिक विश्लेषणको आधार बनाइएको छ । सङ्कलित सामग्री विश्लेषणका लागि व्यख्यात्मक तथा पाठविश्लेषण विधिको प्रयोग गरिएको छ । उपन्यासले पूर्ण रूपमा उत्तरआधुनिकतावादको अनुसरण गरेको हुनाले कृतिलाई उपन्यास नामले चिनिए पनि कृतिमा आख्यानविधाका प्रध्यान्यतामा साहित्यका अन्य विधाहरू पनि आफ्ना विधागत वैशिष्टयका साथमा आख्यानभित्र मिसिएर आएका छन् । प्रस्तुत आख्यानात्मक कृतिमा पनि निबन्ध (निबन्धका अन्य उपविधासहित), समालोचना, नाटक र कविता विधाको मिश्रण गरिएको छ र उपन्यासलाई उपन्यासभन्दा पनि खुला पाठको रूप दिन खोजिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.