चन्द्रवदन कथामा भौतिक र संज्ञानात्मक सङ्कथन

Authors

  • Bhuweshwari Badu Central Department of Education, Far Western University

DOI:

https://doi.org/10.3126/fwr.v3i2.92848

Keywords:

अन्तर्मन, जुल्फी, फ्रायड, बारदली संज्ञान, सुषुप्त

Abstract

प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित चन्द्रवदन कथाको भौतिक र संज्ञानात्मक सङ्कथनको अध्ययन गरिएको छ । यसका लागि पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक सो्रतका सामग्रीहरूको सङ्कलन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । चन्द्रवदन विश्वेश्वरप्रसाद कोइरालाको (१९९२)मा लिखित प्रथम आधुनिक मनोवैज्ञानिक कथा हो । यो पछि वि.सं.२०५० सालमा विश्वेश्वरप्रसाद कोइरालाका कथा नामक कथा सङ्ग्रहमा सङ्कलन गरी प्रकाशित गरिएको छ । यस कथामा चन्द्रवदन पात्रको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । सङ्कथन भाषाको उच्चतम एकाइ हो । तसर्थ यसलाई भाषाका विस्तारित रूपहरूको विश्लेषण मानिन्छ । एउटा सङ्कथनभित्र एक वा एकभन्दा बढी अनुच्छेद हुन्छन् । अनुृच्छेद सरल र जटिल वाक्यहरूको पूर्वापर शृङ्खलाबाट निर्मित हुने भाषिक एकाइ हो । यसरी हेर्दा सङ्कथनलाई सिङ्गो भाषिक अभिव्यक्तिका रूपमा चिन्नुपर्ने हुन्छ । यस लेखमा सङ्कथन विश्लेषण अन्र्तगत विश्वेश्वरप्रसाद कोइरालाद्धारा लिखित चद्रवदन कथाको भौतिक र संज्ञानात्मक सन्दर्भहरूको खोजी गरी भौतिक सन्दर्भभित्र स्थानगत सन्दर्भ, कालगत सन्दर्भ र सहभागीगत सन्दर्भहरू तथा संज्ञानात्मक सन्दर्भभित्र सास्कृतिक र वैचारिक सन्दर्भको अध्ययन गरी निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
PDF
4

Downloads

Published

2025-12-31

How to Cite

Badu, B. (2025). चन्द्रवदन कथामा भौतिक र संज्ञानात्मक सङ्कथन. Far Western Review, 3(2), 220–229. https://doi.org/10.3126/fwr.v3i2.92848

Issue

Section

Articles