चन्द्रवदन कथामा भौतिक र संज्ञानात्मक सङ्कथन
DOI:
https://doi.org/10.3126/fwr.v3i2.92848Keywords:
अन्तर्मन, जुल्फी, फ्रायड, बारदली संज्ञान, सुषुप्तAbstract
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित चन्द्रवदन कथाको भौतिक र संज्ञानात्मक सङ्कथनको अध्ययन गरिएको छ । यसका लागि पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक सो्रतका सामग्रीहरूको सङ्कलन, अध्ययन र विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । चन्द्रवदन विश्वेश्वरप्रसाद कोइरालाको (१९९२)मा लिखित प्रथम आधुनिक मनोवैज्ञानिक कथा हो । यो पछि वि.सं.२०५० सालमा विश्वेश्वरप्रसाद कोइरालाका कथा नामक कथा सङ्ग्रहमा सङ्कलन गरी प्रकाशित गरिएको छ । यस कथामा चन्द्रवदन पात्रको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । सङ्कथन भाषाको उच्चतम एकाइ हो । तसर्थ यसलाई भाषाका विस्तारित रूपहरूको विश्लेषण मानिन्छ । एउटा सङ्कथनभित्र एक वा एकभन्दा बढी अनुच्छेद हुन्छन् । अनुृच्छेद सरल र जटिल वाक्यहरूको पूर्वापर शृङ्खलाबाट निर्मित हुने भाषिक एकाइ हो । यसरी हेर्दा सङ्कथनलाई सिङ्गो भाषिक अभिव्यक्तिका रूपमा चिन्नुपर्ने हुन्छ । यस लेखमा सङ्कथन विश्लेषण अन्र्तगत विश्वेश्वरप्रसाद कोइरालाद्धारा लिखित चद्रवदन कथाको भौतिक र संज्ञानात्मक सन्दर्भहरूको खोजी गरी भौतिक सन्दर्भभित्र स्थानगत सन्दर्भ, कालगत सन्दर्भ र सहभागीगत सन्दर्भहरू तथा संज्ञानात्मक सन्दर्भभित्र सास्कृतिक र वैचारिक सन्दर्भको अध्ययन गरी निष्कर्षसमेत प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.