स्नातक नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरूको मूल्याङ्कन

Authors

  • बुद्धराज खनिया

Keywords:

पाठ्यविषय, भाषिक सिप, शिक्षाशास्त्रीय दृष्टि, साहित्यिक विधा

Abstract

प्रस्तुत लेख त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, डिन कार्यालयले लागु गरेको चार बर्से बिएडको नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरूलाई शिक्षाशास्त्रीय दृष्टिले मूल्याङ्कन गर्ने उद्देश्य राखी तयार गरिएको हो । यो लेख गुणात्मक अनुसन्धानको पुस्तकालयीय अध्ययनमा आधारित छ । पुस्तकालयीय अध्ययन अनुसार नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध नेपाली कथा र उपन्यास, नेपाली नाटक, एकाङ्की र निबन्ध, नेपाली कविता काव्य तथा साहित्यशास्त्र र नेपाली समालोचनाका पाठ्यांशबाट तथ्यहरू सङ्कलन गरेर तिनलाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । स्नातक तहको नेपाली शिक्षाका पाठ्यांशको प्रकृतिलाई हेर्दा भाषासँगै साहित्यिक विषयवस्तुलाई पनि उच्च महइभ्व दिइएको देखिन्छ । उक्त साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरू पूर्णतः सैद्धान्तिक प्रकृतिका छन् । निर्दिष्ट पाठ्यांशमा समाविष्ट पाठ्यविषयलाई भाषा शिक्षण सिकाइसँग जोडेको पाइँदैन । निर्धारित पाठ्यविषयलाई भाषिक दृष्टिले संयोजन नगरेको भए पनि सम्बन्धित कृतिहरूको पठनबाट विद्यार्थीहरूमा अप्रत्यक्ष रूपमा पठनबोध, अभिव्यक्ति (समीक्षा ः मौखिक तथा लिखित), शब्द भण्डार जस्ता भाषिक सिप तथा पक्षहरूको विकासमा मद्दत पुग्ने देखिन्छ । विद्यार्थीहरूमा पर्याप्त भाषिक सिप तथा पक्षहरूको विकास गराउन शिक्षाशास्त्रका सैद्धान्तिक पाठ्यांशहरूलाई प्रायोगिक किसिमले भाषा शिक्षण सिकाइसँग जोडेर प्रस्तुत गर्नुपर्ने देखिन्छ ।

Abstract
170
PDF
0

Downloads

Published

2023-08-04

How to Cite

खनिया ब. (2023). स्नातक नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरूको मूल्याङ्कन. Ganeshman Darpan, 8(1), 141-149. https://doi.org/10.3126/gd.v8i1.57341

Issue

Section

Articles

How to Cite

खनिया ब. (2023). स्नातक नेपाली शिक्षाका साहित्यिक विधा सम्बद्ध पाठ्यांशहरूको मूल्याङ्कन. Ganeshman Darpan, 8(1), 141-149. https://doi.org/10.3126/gd.v8i1.57341