समाज तथा राष्ट्र निर्माणमा पत्रकारको भूमिका

Authors

  • Sudip Raila Lecturer, Ganeshman Singh Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/gd.v8i1.57342

Keywords:

पत्रकार, पत्रकारिता, रुपान्तरण, सत्य, तथ्य, यथार्थ, निष्पक्ष, वस्तुनिष्ठ, पूर्वाग्रही

Abstract

नेपाल पत्रकार महासंघमा आबद्ध करिब पन्ध्र हजारभन्दा बढी पत्रकारहरुमध्ये आधाभन्दा बढीलाई पत्रकारिताको मूल मन्त्रबारे अनविज्ञ रहेको पाइन्छ । कतिपयले त आफ्नो कर्म र मुख्य आयश्रोत पत्रकारिताबाट नभई अन्य विविध श्रोत रहेको पाइन्छ । यसो हुनुमा जो पत्रकार भनिन्छ उसले पत्रकारिताको धर्म निर्वाह गरेकोे पाइदैन । पत्रकार हुँ भनेर अनेकौ नामले राजनीति, दलाली र सौदाबाजी गरेर हिड्ने व्यक्तिहरुलाई पत्रकार भन्नु परेको छ । यस्ता कयौँ उदाहरणहरु च्याउँसरी विकास भएका मिडयाको परिचयपत्र भिरेर हिड्नेहरुलाई लिन सकिन्छ । पत्रकारको जोड समाचार, विचारलाई सत्य, तथ्य र वस्तुनिष्ठ भइ मिडियाबाट उपलब्ध गराउनु भन्ने हुन्छ । तर कतिपय पत्रकारहरु कुनै निश्चित पार्टी, दल वा संगठनका एजेण्डा बोकेर समाचार लेखन गर्छन । त्यसकारण आमसञ्चार माध्ययमप्रतिको विश्वसनीयता गुम्दै गएको छ । यस पक्षबारे विश्लेषण सहित प्रस्तुत गरिएको छ । पत्रकार कसैको प्रवक्ता होइन । उसले एकपक्षको मात्र समाचार सम्प्रेषण नगरी अर्को पक्षको भनाइलाई समेत प्रस्तुत गर्नुपर्छ । असल पत्रकारले समाज तथा राष्ट्र विकासमा ठूलो प्रभाव छर्छ । समाज रुपान्तरणमा अहम् भूमिका खेल्ने पत्रकारले पूर्वाग्रही भएर कसैको पक्षपोषण गर्नु हुदैन । असल पत्रकार बन्नलाई स्वविवेकका साथै पत्रकार आचार संहिता र राष्ट्रको मुल कानुनको पालना गर्नुपर्छ । यस लेखमा पत्रकार, पत्रकारमा सत्यता, असल पत्रकार र पत्रकारिता, पत्रकारको निष्ठामा विचलन, समाज निर्माणमा पत्रकारको महत्व विषयहरुबारे विश्लेषण तथा व्याख्या गरिएको छ । जसका कारण नव युवा पत्रकारहरुले असल पत्रकारिता गर्नेछन भन्ने अपेक्षा गर्न सकिन्छ । पत्रकारका विभिन्न लेख, रचना तथा विचारहरु दैनिक हजारौ कहाँ पुग्छन, तिनीहरूलाई ज्ञान, सूचना, शिक्षा र मनोरन्जन प्रदान गर्दछ जसले परिवार, समाज र राष्ट्र रुपान्तरणमा मद्धत पु¥याउँछ । पत्रकार राष्ट्रको बर्दिवेगरको सिपाही हो । समाजको ऐना हो । सिकायतखोर र टिकाखोर हो । घटनालाई जस्ताको तस्तै या स्पष्ट र पारदर्शी रुपमा समाचार पस्किन सक्ने, समाचार सुघ्न सक्ने खुवी भएको आर्दशवान व्यक्ति हुनुपर्छ भन्ने कोणबाट यो लेखलाई प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF
58

Downloads

Published

2023-08-04

How to Cite

Raila, S. (2023). समाज तथा राष्ट्र निर्माणमा पत्रकारको भूमिका. Ganeshman Darpan, 8(1), 150–157. https://doi.org/10.3126/gd.v8i1.57342

Issue

Section

Articles