नेपाली पत्रकारितामा भाषिक शुद्धता

Authors

  • Sudip Raila

Keywords:

विज्ञान, सञ्चारमाध्यम, न्युमिडिया, लिपि

Abstract

विज्ञान र प्रविधिको विकाससँगै दुनियाँमा सञ्चारका लागि अनेकन साधनहरुको विकास भएको छ । अहिले सञ्चार प्रचार—प्रसारका लागि श्रव्यदृश्य, लेख्य—पाठ्य, अभिलेख्यमा प्रविधिहरुको अत्याधिका प्रयोग भएको पाइन्छ । सञ्चारमाध्यम तथा प्रविधिको विकासले सञ्चार प्रक्रियामा सहयोग गर्ने मात्र हो तर दुनियाँको मूल तथा सर्वोच्च माध्यम भाषा नै हो । अहिले विश्वभर आमसञ्चार माध्यमको रुपमा छापा, विद्युतीय र अनलाइनमाध्यम रहेका छन् भने नव सञ्चारमाध्यमको रुपमा न्युमिडिया तथा सामाजिक सञ्जाल देखापरेका छन् । जेजे नामका सञ्चारमाध्यम भएतापनि तिनीहरुले दिने सञ्चारको मूल मियो भाषा हो चाहे त्यो अंग्रेजी, हिब्रु, अरबिक, चाइनिज, हिन्दी तथा नेपालीभाषामा किन नहोस् । यस विषयबारे विश्लेषण सहित यस अनुसन्धानमूलक लेखमा प्रस्तुत गरिएको छ ।
मानव सधैँ सञ्चारको संसारमा बाँचिरहेका हुन्छन् । अझ अहिलेको यस एक्काइसौँ शताब्दीको समयमा त मिडिया सञ्चार अपिरहार्य जस्तै भएको छ । अहिले सञ्चारमाध्यमको विकासले विश्वका परिचत तथा अपरिचित शहरका कुनाकाप्चामा भएगरेका राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, मौसम तथा पर्यावरण, द्धन्द्ध, युद्ध, हड्ताल, भ्रष्टाचार, लैङ्गिक हिंसा, बलात्कार, चोरी, डकैति, महामारी तथा महङ्गीका विषयवस्तुहरु, वैज्ञानिक खोज तथा अनुसन्धानबाट प्राप्त विषयहरु, अन्तरीक्षका विषयवस्तुहरु तथा शताब्दीयौँ अघिका विविध विषयवस्तुहरुलाई इन्टरनेटको सहायताले चल्ने अनलाइन, ई. कागज, एन्ड्रोइड मोबाइलबाट चलाइने विभिन्न सामाजिक सञ्जाल, डिजिटल रेडियो तथा टेलिभिजन प्रविधिमा आएको स्मार्ट टेलिभिजनबाट पढ्न, हेर्न तथा सुन्न र चित्तनबुझे तत्कालै प्रतिक्रिया दिन समेत सक्दछौ ।
तसर्थ मिडियाबाट सम्प्रेषण गरिने सन्देशलाई पाठक, दर्शक तथा श्रोताले सहजै रुपमा बुझ्न सक्ने भाषाशैली, लिपि, सङ्केत तथा वाक्यमा लेख्य र कथ्य रुपमा प्रस्तुत गर्नुपर्दछ । यदि प्रेषकले पठाएको सन्देशलाई प्रापकले सहि रुपमा ग्रहण गर्न सकेन भने त्यस सन्देशको कुनै अर्थ रहन्न् । तसर्थ प्रेषकले पठाएको सन्देशलाई प्रापकले सहि रुपमा बुझ्ने गरी सन्देश सम्प्रेषण गर्नुपर्दछ । यस अनुसन्धानमूलक लेखमा नेपाली मिडियाबाट सूचना तथा जानकारी प्रवाह गर्दा नेपालमा बढी प्रयोगमा आउने देवनागरी भाषा तथा लिपिमा शुद्धाशाद्धी, व्याकरण, ह्रश्व, दीर्घ तथा वर्णविन्यासबारे विशेष ध्यानदिदैँ कथ्य र लेख्य रुपमा सन्देश सम्प्रेषण गर्नुपर्ने विषयबारे विश्लेषण तथा व्याख्या गरिएको छ ।
अहिले प्रत्येक मिनेट मिनेटमा विश्वभरका लाखौँ तथा करोडौँ मानिसहरु माझ विभिन्न घटना विषयबारेका लेख, समाचार, सूचना तथा विचारहरु श्रव्यदृश्य रुपमा प्रवाह हुनेगर्दछ । त्यसका साथै मिडियाले आमजनतालाई शिक्षा दिने, सामाजिकीकरण गर्ने, मनोरन्जन प्रदान गर्ने, सूचना दिने तथा व्यक्ति, परिवार, समाज लगायत राष्ट्र रुपान्तरणमा समेत टेवा दिने कार्य गर्दछ । यसरी मिडियाले हरेक व्यक्ति, परिवार, समाज हुँदै राष्ट्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निभाउने हुँदा यसबाट दिइने भाषा तथा लिपिलाई सहि रुपमा लेख्य र कथ्यबाट प्रवाह गर्नुपर्दछ भन्ने कोणबाट यो अनुसन्धानमूलक लेख प्रस्तुत गरिएको छ ।

Abstract
234
PDF
0

Downloads

Published

2024-08-09

How to Cite

Raila, S. (2024). नेपाली पत्रकारितामा भाषिक शुद्धता. Ganeshman Darpan, 9(1), 84-92. https://doi.org/10.3126/gd.v9i1.68548

Issue

Section

Articles

How to Cite

Raila, S. (2024). नेपाली पत्रकारितामा भाषिक शुद्धता. Ganeshman Darpan, 9(1), 84-92. https://doi.org/10.3126/gd.v9i1.68548