साइबर अपराध मौलाउँदै यसको सुरक्षामा संवेदनशीलता र बढ्दो चुनौती

Authors

  • Sudip Raila Ganeshman Singh Multiple Campus, Kathmandu, Nepal

DOI:

https://doi.org/10.3126/gd.v10i1.80608

Keywords:

सूचना प्रविधि, साइबर अपराध, डिजिटल, ब्ल्याकमेलिङ, इन्ट्रानेट, अर्पानेट, वर्ल्ड वाइड वेब, भर्चुअल, बुलिङ, नेटवर्क

Abstract

प्रस्तुत लेख साइबर अपराध र यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयसँग सम्बन्धित छ । विश्वव्यापी रुपमा माकुराको जालो झैँ गरी जेलिएको इन्टरनेटको सहायतामा कम्प्युटर तथा कम्प्युटर नेटवर्कमार्फत विभिन्न गैरकानुनी क्रियाकलापहरु विश्वभर फस्टाउँदै गएका छन । अहिले नेपालमा पनि डरलाग्दा किसिमबाट साइबर अपराधका गतिविधिहरु हुँदै आएका छन । यस अध्ययनले अबका दिनमा इन्टरनेटको प्रयोग के कसरी गर्ने, साइबर अपराध हुनबाट कसरी सुरक्षित रहने, कस्ता विषयहरु साइबर अपराध हुन भन्ने विषयबारे इन्टरनेटका प्रयोगकर्तालाई सचेत गराई सही दिशातर्फ उन्मुख गराउने लक्ष्य रहेको छ । मैले यस अध्ययनको लागि विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरु र इन्टरनेट प्रयोगकर्ताहरुसँग साइबर अपराध भनेको के हो र यस्ता गैरकानुनी क्रियाकलापबाट बच्न के गर्नुपर्ला भनी छलफल तथा अन्तर्वार्ता विधिको अवलम्बन गरी विश्लेषणसहित यो अनुसन्धानमूलक लेख प्रस्तुत गरेको छु । सूचना प्रविधिको विकाससँगै विश्वभर आपराधिक गतिविधिहरु पनि विभिन्न स्वरुपमा विकसित हुँदै गएको छ । अहिले कम्प्युटर तथा कम्प्युटर नेटवर्कमार्फत इमेल तथा वेबसाइट ह्याकिङ गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, तथ्याङ्क तथा पासवर्ड चोरी गर्ने, फेसबुक तथा अन्य सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ गने र्, इन्टरनेट बैँकिङ जालसाजी गर्ने, अर्काको नाम, तस्बिर, भिडियो तथा रेकर्ड गरिएका श्रव्यदृश्य सामग्रीलाई अनधिकृत रुपमा प्रयोग गर्ने, क्रेडिट कार्ड तथा एकाउन्टको चोरी गर्ने, इन्टरनेटमार्फत महिला तथा बाल यौनहिंसालगायत फेक आइडी बनाएर विभिन्न सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने, अश्लील फोटो तथा भिडियो बनाएर पठाउने जस्ता इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित सबै गैरकानुनी गतिविधिहरु भइरहेका छन । यी र यस्ता सबै गैरकानुनी क्रियाकलापहरु आज विश्वभर फस्टाउँदै जानाले विकसित तथा कम विकसित मुलुकहरुमासमेत ठूलो समस्याको विषय बनेको छ । अहिले विश्वभर नै सबै नागरिकले भोग्दै आएको साझा समस्या साइबर अपराध हो । साइबर अपराधबाट बच्न स्वयम् इन्टरनेट प्रयोगकर्ता सचेत हुनुपर्ने र राज्यतर्फबाट कडाभन्दा कडा कानून बनाएर लागू गर्नुपर्ने देखिन्छ । त्यसका साथै इन्टरनेटकोप्रयोगमा साइबर अपराध एक देशभित्र मात्र नभएर विश्वको जुनसुकै राष्ट्रको एक कुनाबाट गर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय स्तरमै साइबर समन्वय हुनु जरुरी छ । यसोभएमा मात्र सबै मुलुकबाट साइबर अपराधका गतिविधिहरु कमी हुनसक्छ ।

 

Downloads

Download data is not yet available.
Abstract
73
PDF
49

Downloads

Published

2025-06-25

How to Cite

Raila, S. (2025). साइबर अपराध मौलाउँदै यसको सुरक्षामा संवेदनशीलता र बढ्दो चुनौती. Ganeshman Darpan, 10(1), 31–38. https://doi.org/10.3126/gd.v10i1.80608

Issue

Section

Articles