वैदिक यज्ञको विविधता
DOI:
https://doi.org/10.3126/gd.v10i1.80609Keywords:
यज्ञ, बैज्ञानिक, ज्ञान, आधुतिकता, प्रयोजनAbstract
यो अध्ययन परम्परागत जडीबुटीजन्य उपचार पद्धति “यज्ञ“ लाई शिक्षा र स्वास्थ्यका क्षेत्रहरूसँग जोडेर हेर्ने प्रयत्न हो, जसले सामाजिक, सांस्कृतिक र आध्यात्मिक पक्षमा यसको महत्वलाई उजागर गर्छ। “यज्ञ“ लाई धार्मिक तथा औषधीय प्रयोजनमा प्रयोग गरिने मौलिक ज्ञानको रूपमा चिनिन्छ। आधुनिकताको बाबजुद, अझै धेरै मानिसहरूले यसलाई प्रभावकारी र पहुँच योग्य मानेर प्रयोग गर्दै आएका छन्। यसले शारीरिक, मानसिक र आत्मिक उपचारमा भूमिका खेलेको पाइन्छ। स्थानीय ज्ञानको हस्तान्तरणमार्फत यसको निरन्तरता देखिन्छ, तर वैज्ञानिक प्रमाण र औपचारिक मान्यताको अभाव चुनौतीका रूपमा रहेको छ। यस अध्ययनले मौलिक ज्ञानको संरक्षण र आधुनिक स्वास्थ्य प्रणालीसँगको समायोजनका लागि थप अनुसन्धान आवश्यक रहेको सिफारिस गरेको छ ।