बालबालिकाको मातृभाषामा शिक्षा

Authors

  • ईश्वरकुमार Ishorkumar राई Rai सुकुना बहुमुखी क्याम्पस

Keywords:

उपलब्धि, त्रुटि निराकरण, माध्यम भाषा, सिकाइ

Abstract

प्रस्तुत लेख मातृभाषाको आवश्यकताको विश्‍लेषणमा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धानका ढाँचामा आधारित रही तयार पारिएको यस लेखमा स्थलगत अध्ययन तथा पुस्तकालयीय स्रोतका सामग्रीहरूको विश्‍लेषण गरी निष्कर्ष निकालिएको छ । कक्षाकोठामा विविध मातृभाषी समुदायका बालबालिकाहरू आउँछन् । आफ्नो मातृभाषाको प्रभावका कारण प्रायः उनीहरू धेरैले नेपाली भाषामा बारम्बार त्रुटिहरू गरिरहन्छन् । बोलाइ र लेखाइमा अशुद्ध रूपको प्रयोग गर्छन् । यसमा शिक्षकले विद्यार्थीहरूलाई मात्र एकतर्फी रूपमा कमजोर ठान्छन्; परीक्षामा विद्यार्थीहरू असफल हुन्छन् । यथार्थमा विद्यार्थीहरू विद्यार्थीहरू जान्दैनजान्‍ने अर्थात् कमजोर कहिल्यै हुँदैनन् । उनीहरूको सिकाइप्रवृत्तिका बारेमा शिक्षक स्वयम् जानकार हुन नसक्दा यो समस्या आएको देखिन्छ । यही कारणले यस लेखमा बालबालिकालाई कुन माध्यम भाषाका माध्यमबाट शिक्षा दिनु उपयुक्त्त हुन्छ भन्‍ने समस्यामा केन्द्रित रही यो लेख तयार पारिएको छ । प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको यस लेखमा विद्यार्थीहरूले दोस्रा भाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्दा कुनै विषयको अध्ययन त्यसमा कमजोर हुने भएकाले प्रारम्भिक शिक्षा मातृभाषामा नै दिनुपर्छ भन्‍ने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
152
PDF
1

Downloads

Published

2025-04-04

How to Cite

राई Rai ई. I. (2025). बालबालिकाको मातृभाषामा शिक्षा. ज्ञानदिप Gyandeep, 10(2), 17-28. https://doi.org/10.3126/gyandeep.v10i2.77314

Issue

Section

Articles

How to Cite

राई Rai ई. I. (2025). बालबालिकाको मातृभाषामा शिक्षा. ज्ञानदिप Gyandeep, 10(2), 17-28. https://doi.org/10.3126/gyandeep.v10i2.77314