भवानी भिक्षुका कथाको दृष्टिबिन्दु

Authors

  • गुरुप्रसाद Guruprasad पोखरेल Pokharel पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ

Keywords:

दृष्टिबिन्दु, प्रथम पुरुष, तृतीय पुरुष, सर्वदर्शी, आन्तरिक, बाह्य, सीमित

Abstract

प्रस्तुत लेखमा कथातत्वअन्तर्गतको संरचनात्मक दृष्टिबिन्दुका कोणबाट भवानी भिक्षुका मनोवैज्ञानिक र सामाजिक यथार्थवादी कथाको विश्‍लेषण गरिएको छ । लेखकीय विचारलाई कृतिका माध्यमबाट पाठकसमक्ष उपस्थित गर्ने पद्धति हो अर्थात् कृतिमा कथयिताले कथावाचनका लागि बस्न रोजेको ठाउँ नै दृष्टिबिन्दु हो । यसमा सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्‍लेषणको विधि प्रयोग गरी विश्‍लेषणात्मक विधिमार्फत् निष्कर्ष प्रस्तुत गरिएको छ । नारी, पुरुष विभिन्‍न उमेर तथा स्तरका सहभागीहरूको मानसिक, व्यावहारिक तथा क्रियाकलापगत आवेग र संवेग तथा मनस्थितिलाई प्रस्तुत गरिएको यिनका कथामा मूलतः तृतीय पुरुष सर्वज्ञको हस्तक्षेपी दृष्टिबिन्दुको उपस्थापन गरिएको छ । दृष्टिविन्दुको विशिष्ट र कुशल संयोजन गरिएका यिनका कथामा मनोविज्ञानका विविध रूप र सामाजिक समस्याका विविध स्वरूपलाई केलाइएको छ । भिक्षुका मनोवैज्ञानिक यथार्थवादी र सामाजिक यथार्थवादी कथाहरू विविध विषयपरिधिमा केन्द्रित रहेका छन् । उनका मनोवैज्ञानिक यथार्थवादी कथाहरू पनि नारी यौन, पुरुष यौन, नारी सामान्य, पुरुष सामान्य, नारी वात्सल्य प्रेम तथा बालमनोविज्ञानमा आधारित छन् भने सामाजिक यथार्थवादी कथाहरू सामाजिक, आर्थिक, राजनैतिक, ऐतिहासिक तथा पारिवारिक समस्यामा केन्द्रित छन् ।

Abstract
188
PDF
2

Downloads

Published

2025-04-04

How to Cite

पोखरेल Pokharel ग. G. (2025). भवानी भिक्षुका कथाको दृष्टिबिन्दु. ज्ञानदिप Gyandeep, 10(2), 60-72. https://doi.org/10.3126/gyandeep.v10i2.77323

Issue

Section

Articles

How to Cite

पोखरेल Pokharel ग. G. (2025). भवानी भिक्षुका कथाको दृष्टिबिन्दु. ज्ञानदिप Gyandeep, 10(2), 60-72. https://doi.org/10.3126/gyandeep.v10i2.77323