मानव महाकाव्यमा दलित सौन्दर्य

Authors

  • सुभाषचन्द्र Subhash Chandra न्यौपाने Nyaupane नेपाली विभाग, महेन्द्र बहुमुखी क्याम्पस, धरान, नेपाल

Keywords:

अछुत, दमन, विभेद, शोषण, सीमान्तकृत

Abstract

प्रस्तुत लेख महाकाव्यकार मोदनाथ प्रश्रितको मानव महाकाव्यमा प्रस्तुत दलित सौन्दर्यको विश्‍लेषणमा केन्द्रित रहेको छ । मानव  महाकाव्य दलितहरूको संवेदनालाई विषयवस्तु बनाएर लेखिएको दलित सौन्दर्य चेतनायुक्त महाकाव्य हो । साहित्य समालोचनामा सांस्कृतिक अध्ययन गर्ने प्रमुख धारहरूमध्ये पहिचान र प्रतिशोधलाई मूल आधार मानी दलित चेतनासँग सम्बन्धित पात्रहरूको विश्‍लेषण यस लेखमा गरिएको छ । यस महाकाव्यमा दलितहरूको प्रतिनिधित्व कसरी गराइएको छ, ती दलितहरूको पहिचान कसरी गराइएको र सीमान्तीकरणका विरुद्ध तिनीहरूको प्रतिशोधको स्वरलाई कसरी प्रस्तुत गरिएको छ भन्‍ने कुरालाई नै मूल समस्या बनाई यिनै प्राज्ञिक प्रश्‍नहरूको समाधान यस लेखमा खोजिएको छ । प्रस्तुत अध्ययनमा महाकाव्यकार मोदनाथ प्रश्रितको मानव महाकाव्यलाई प्राथमिक सामग्रीका रूपमा प्रयोग गरिएको छ भने सांस्कृतिक समालोचनामा दलित सौन्दर्यबोधसँग सम्बन्धित लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा केन्द्रित हुनुका साथै मूलत सूक्ष्मपठन तथा विश्‍लेषण विधिमा केन्द्रित रहेको छ । प्रस्तुत महाकाव्यमा दलित चेतना पहिचान र प्रतिशोधको स्वरलाई विशेष रूपमा उठाइएकाले छुवाछुत तथा जातीय विभेद विरुद्ध सांस्कृतिक रूपान्तरणको स्वरलाई केन्द्रमा राखेर विषयवस्तुको संयोजन गरिएकाले प्रस्तुत महाकाव्य दलित सौन्दर्य चेतनाले भरिएको महाकाव्य हो भन्‍ने निष्कर्ष यस लेखको विश्‍लेषणबाट निकालिएको छ । 

Abstract
192
PDF
1

Downloads

Published

2025-04-04

How to Cite

न्यौपाने Nyaupane स. S. C. (2025). मानव महाकाव्यमा दलित सौन्दर्य. ज्ञानदिप Gyandeep, 10(2), 160-169. https://doi.org/10.3126/gyandeep.v10i2.77334

Issue

Section

Articles

How to Cite

न्यौपाने Nyaupane स. S. C. (2025). मानव महाकाव्यमा दलित सौन्दर्य. ज्ञानदिप Gyandeep, 10(2), 160-169. https://doi.org/10.3126/gyandeep.v10i2.77334