परियोजना कार्यको सैद्धान्तिक अवधारणा

Authors

  • खगेन्द्र घोडासैनी नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

DOI:

https://doi.org/10.3126/haimaprabha.v1i22.56533

Keywords:

समस्या समाधान, शिक्षण विधि, विद्यार्थी केन्द्रित, मौलिकता, अनुसन्धान, problem solving, teaching methods, student-centered, originality, research

Abstract

प्रस्तुत अध्ययन परियोजना कार्यको सैद्धान्तिक अवधारणा निर्माण गर्नमा केन्द्रित छ । यस अध्ययनमा प्रस्तुत पङ्क्तिकारकै परियोजना कार्यको ढाँचा र प्रयोगका सम्बन्धमा गरिएको पूर्वाध्ययनलाई आधार बनाई परियोजना कार्यको सैद्धान्तिक अवधारणा अघि सार्ने प्रयास गरिएको छ । गुणात्मक ढाँचामा तथ्य सङ्कलन गरिएको यस लेखमा वर्णन र विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यसमा शिक्षाविद् जोन डिबे र उनका सहयोगी विलियम हर्ड किलपैट्रिकका परियोजना विधिसँग सम्बन्धित अवधारणाहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा लिइएको छ । तीमध्ये परियोजना कार्यका रूपमा उपयोग गरिँदै आएको शिक्षण विधि वर्तमान अवस्थाका विद्यालयीय पाठ्यक्रमदेखि विश्वविद्यालयीय पाठ्यक्रममा समेत समावेश भएको जल्दोबल्दो विधि हो । परियोजना कार्य कसरी गर्ने र गराउने भन्ने कुरामा सबैको एउटै धारणा देखिँदैन । यसका लागि पाठ्यक्रम र दैनिक सिकाइने कक्षाकार्यलाई परियोजनासँग जोडेर सिकाउनुपर्ने देखिन्छ । त्यसका लागि यस लेखमा परियोजना कार्यसँग सम्बन्धित विभिन्न पक्षहरूको वर्णन गरेर उपयुक्त ढाँचा अघि सारिएको छ । विभिन्न विषयसँग सम्बन्धित परियोजना कार्य यसरी गर्न र गराउन सकिन्छ भन्ने साझा धारणालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

(The present study focuses on building a theoretical concept of project work. In this study, an attempt has been made to advance the theoretical concept of project work based on the preliminary studies made regarding the pattern and use of the project work presented in this study. In this article, the facts were collected in a qualitative format, and conclusions were drawn after describing and analyzing them. In this, the concepts related to the project method of educationist John Dibe and his assistant William Hurd Kilpatrick are taken as theoretical framework. Among them, the teaching method that is being used as a project work is a flexible method that has been included in the current school curriculum even in the university curriculum. Not everyone has the same opinion on how to do and carry out project work. For this, it seems that the curriculum and the daily classroom work should be taught in connection with the project. For that, in this article, a suitable format has been presented by describing various aspects related to the project work. It is concluded in this article that a common opinion should be made that project work related to various subjects can be carried out in this way.)

 

Downloads

Download data is not yet available.
Abstract
234
PDF
53

Author Biography

खगेन्द्र घोडासैनी, नेपाली विभाग, नेसंवि, जनता विद्यापीठ, बिजौरी, दाङ, नेपाल

उपप्राध्यापक

Downloads

Published

2023-07-14

How to Cite

घोडासैनी ख. (2023). परियोजना कार्यको सैद्धान्तिक अवधारणा. Haimaprabha, 1(22), 24–35. https://doi.org/10.3126/haimaprabha.v1i22.56533

Issue

Section

Articles